काठमाडौं, ६ साउन । स्कटल्यान्डमा आगामी २९ र ३१ जुलाईमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डसँग हुने खेलमा विकेटकिपर महेश क्षत्री, अलराउन्डर पृथु बाँस्कोटा र सिमर अभिनास कर्णलाई टोलीमा समावेश गरिएको छ ।
टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाएको क्रिकेट टोली आयरल्यान्डको डब्लिनमा छ । पृथु इग्ल्यान्डमा केन्ट क्रिकेट लिगको डिभिजन २ मा अपचर्च क्रिकेट क्लबबाट खेलिरहेका छन् । अपचर्चबाट उनले पहिलो खेलमै अविजित रहँदै १ सय ४६ रन योगदान दिए । इग्ल्यान्डमा नै टुन क्रिकेट क्लबबाट खेलिरहेका महेशले पनि पहिलो खेलमा अविजित ६४ रन बनाएका थिए ।
सुवास खकुरेल, विनोद भण्डारी र सागर पुनले भने स्थान गुमाएका छन् । टी–ट्वेन्टी विश्कप छनोटमा सहभागिता जनाएका नेपाली टोलीमा रहेका सुवास खकुरेल र विनोद भण्डारीले खासै राम्रो पदर्शन गर्न नसकेका काराण टोलीबाट हटाइएको छ । सागर पुन भने प्रतियोगिताका दौरान घाइते भएपछि नेपाल फर्कने भएका छन् ।
निकै खराब प्रदर्शन गरेका भण्डारी र खकुरेललाई एकदिवसीय नराखिएको हुन सक्ने क्यानका सदस्य रञ्जित तामाङले बताए । यसअघि एकदिवसियको १५ सदस्यीय टोलीमा नरहेका सिद्धान्त लोहनी भने स्कटल्यान्ड जाने जानकरी प्राप्त भएको क्यानका सदस्य रञ्जित तामाङले बताए । टी–ट्वेन्टी विश्वकप छनोटमा जर्सीसँग भएको पहिलो चरणको अन्तिम खेलमा सिद्धान्तले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया