‘कसैको आदेशले संविधान निर्माण रुक्दैन’

KhanalJN Khanalइलाम, ५ साउन । सत्तारुढ दल एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक महिनाभित्र संविधान जारी गरेरै छाड्ने दाबी गरेका छन् ।

गृह जिल्ला इलाममा आज आयोजित कार्यक्रममा खनालले सुझाव सङ्कलनमा देखिएको नागरिकको उत्साहप्रद उपस्थितिले संविधान निर्माणको गतिलाई कसैको आदेशले रोक्न नसक्ने बताए । उनले संविधान जारी हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे ।

खनालले सङ्कलित सुझावलाई संविधानसभामा पुराएर त्यसको विश्लेषण गरी मस्यौदालाई अन्तिम रुप दिइने बताए ।

मस्यौदामा जनताले लोकतान्त्रिक विधि र पद्धतिमार्फत सुझाव दिएको बताउँदै उनले भने, ‘देशको भलो नचाहने एक–दुईवटा शक्तिको तागतले संविधान निर्माण प्रक्रियालाई रोक्न सक्दैन, संविधान एक बन्छ, दुई बन्छ, तीन बन्छ र बनेरै छाड्छ ।’

विगतमा बनेका संविधानले मुलुकलाई स्थायित्व दिन नसकेको टिप्पणी गर्दै उनले अब दिगो र स्थायी संविधान बन्नेमा ढुक्क रहन आग्रह गरे ।

प्रतिक्रिया