काठमाडौं, ५ साउन । दक्षिण कोरियाको ग्वाङजुमा भएको २८औँ युनिभर्सियाडमा खेलाडीले आपैले टिकट खर्च गरेको विषयमा विवाद सुरु भएको छ । केही खेलाडी आपैले टिकट खर्च गर्नुपरेकोमा गुनासो व्यक्त गर्न पनि पछि परेनन् । ‘देशको प्रतिनिधित्व गरेर खेल्दा पनि आपै खर्च गर्नुप-यो ।’ एक खेलाडी बताउँछन् । विश्वविद्यालय खेलकुद विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहोरा पनि सीमित श्रोत साधन उपलब्ध भएका कारण खेलाडीले पनि खर्च गर्नुपरेको स्वीकार्छन् ।
सौर्यसँगको कुराकानीमा बोहराले भने भूकम्पका कारण आयोजकले हाम्रो अनुरोधलाई स्वीकार गर्दै खेलाडीका लागि १५ टिकट पठाएका थियो । त्यसमा हामीले १५ खेलाडीलाई टिकट र खानबस्न फ्री ग-यौँ । तर, टेबलटेनिसका चार खेलाडीले भने आफ्नो खर्चमा जाने भनेका थिए, जसमा चारै खेलाडीले टिकट खर्च आपै तिरेका हुन् ।
तेक्वान्दोका खेलाडीलाई विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) लाई प्रतियोगितावापत् केही रकम बुझाउनुपर्ने, एकमोडेसन शुल्क र भिलेज चार्जवापत् केही शुल्क तिर्नुपर्ने भएकोले ३५ हजार लिइएको उनले बताए । टोलीमा गएको पदाधिकारी र खेलसंघका १९ सदस्य भने आफ््नै खर्चमा गएको उनको भनाइ छ ।
बोहरा भन्छन्, ‘हामीले राष्ट्रिय खेलकुद परिषद्(राखेप) बाट एक लाख ४० हजार मात्र सहयोग पाएको हौँ । जुन रकम खेलाडीको जर्सी र मसलन्दमा खर्च भए ।’ बोहरा आर्थिक रूपले पारदर्शी भएको दाबी गर्छन् ।
५६ वर्ष पुरानो इतिहास बोकेको मिनी ओलम्पिकको रूपमा चिनिने समर युनिभर्सियाड गत साता सम्पन्न भएको थियो । प्रतियोगितामा नेपालको जम्बो टोली कोरिया पुगेको थिए । युनिभर्सियाड गेम १९ खेलाडी र १९ नै सदस्यको टोली कोरिया पुगेका थिए ।
आयोजकले नेपालमा परेको भूकम्पका कारण नेपाली खेलाडीलाई समस्या परेको भन्दै फ्री टिकट पठाएको थियो । युनिभर्सियाड गेमका लागि प्रत्येक खेलाडीलाई पठाएको उक्त रकम संघले खर्च गरेको केही खेलाडीले आरोप लगाएका थिए । खेलाडीलाई सहयोग स्वरूप आएको रकम १९ जना सदस्य टोली कोरिया पुग्दा त्यसमा खर्च भएको खेलाडी निकट श्रोतको दाबी छ ।
२८औँ समर युनिभर्सियाड गेम २०१५ मा प्रदीप जोशीको नेतृत्व नेपाली टोली दक्षिण कोरियाको ग्वाङजुमा पुगेका थिए । करिब तीन हप्ता कोरियामा रहेको नेपालले युनिभर्सियाडमा विभिन्न सात खेलमा १९ खेलाडी सहभागिता जनाएका थिए । जसमा नेपालका कुनै पनि खेलले पदक नजित्दा नेपाल पदकविहीन रह्यो । तर, टोलीमा गएका अधिकांश खेल संघका सदस्य तथा विश्वविद्यालय संघका पदाधिकारी खेल अवधिभर गेममा भन्दा पनि कोरियाका विभिन्न ठाउँमा घुम्न गएको खेलाडी आरोप छ ।
युनिभर्सियाडमा गएको नेपालको तेक्वान्दो टोली त्यसको लगत्तै कोरियामा अर्को प्रतियोगिता खेल्न पुगेको छ । टोलीकी निशा रावलले रजतपदक जितेकी थिइन् ।
प्रतिक्रिया