फल्काओ पुरानो फर्ममा फर्कन सक्ने

Falcaoलन्डन । लन्डन क्लब चेल्सीका प्रशिक्षक जोजे मोउरिन्होले यसै सिजन प्रिमियर लिग च्याम्पियन चेल्सीमा आवद्ध भएका कोलम्बियाली फरवार्ड राडोमेल फल्काओ आफ्नो पुरानै फर्ममा आउने विश्वास व्यक्त गरेका छन् । फल्काओले मंगलबार न्युयोर्कमा आफ्ना सहयात्रीलाई भेट्नेछन् । चेल्सी प्रि सिजन भ्रमणमा अहिले अमेरिकामा रहेको छ । फल्काओ नयाँ सहयात्रीसँग सकेसम्म राम्रो खेल्ने र दोस्रोपटक प्रिमियर लिगमा मौका पाएकोमा चेल्सीलाई धन्यवाद दिए । सन् २०१४ मा घुँडामा गम्भीर चोटलागेको कारण आफ्नो पुरानो लय समात्न नसकेको फल्काओले गतसिजन म्यानचेस्टर युनाइटेडबाट चार गोल मात्र गर्न सकेका थिए । यसैबीच प्रशिक्षक मोउरिन्होले डिडियर ड्रोग्वाको उत्कृष्ट प्रतिस्थापन भएको बताएका छन् । ‘जोन टेरी र गेरी काहिल पनि फर्ममा छैनन् ।’ मोउरिन्होले भने, ‘यिनीहरू तीनै जना आफ्नो पुरानो लयमा आउन सके प्रमियर लिगमा एक छत्र राज गर्नेछ ।’ चेल्सीमा रहँदा फल्काओले अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा पाएको भन्दा आधा पारिश्रमिक पाउनेछन् ।

फल्काओ आफ्नो पुरानो फर्ममा आउन नसक्नुमा चिकित्सकको हात रहेको पनि मोउरिन्होले बताएका छन् । सन् २०१४ मा मोनाकोको लागि खेल खेल्दा उनको घुँडाको नसा च्यातिएको थियो । चिकित्सकले नै खेल्न नसक्ने बताएको भए म्यानचेस्टर युनाइटेडले फल्काओलाई अनुबन्ध गर्ने थिएन, उनले थपे । ‘अब हेरौँ फल्काओले चेल्सीमा आत्मविश्वासका साथ आनन्दको महसुस गर्दै खेल्नेछन् ।’ पोर्चुगिज मोउरिन्होले भने, ‘अब फल्काओलाई अहिलेको फल्काओ रूपमा नरही तीन वर्ष अघिको फल्काओको रूपमा चेल्सीमा देख्न पाइनेछ ।
तीनवर्ष अघि स्पेनिस क्लब एथलेटिको म्याड्रिडमा रहँदा २६ वर्षीय फल्काओलाई विश्वस्तरको स्ट्राइकरको रूपमा लिन थालिएको थियो । हामी विश्वास गर्न सक्छौँ, पोर्चुगली क्लब पोर्टाेमा रहँदा मैले उनको उत्कृष्ट फुटबल नमुना हेरेको थिएँ । पछि रियल म्याड्रिड तथा चेल्सीमा रहँदा हाम्रो प्रतिद्वन्द्वीको रूपमा उनको खेल हेरँे । अब के बन्ने त्यो फल्काओ कै हातमा छ । लगातारको खराब फर्मबाट गुज्रिरहेको फल्काओ पक्कै पनि दुखित छन् ।’ उनले भने, ‘आपूm एक शीर्ष खेलाडी थिए भनेर कहिल्यै निराश हुनु नपर्ने भन्दै सम्मानका साथ राखिनेछ ।’ यस्तै मोउरिन्होले आफ्नो टिम आफ्नै ठाउँमा रहने भन्दै पूर्व एथलेटिको म्याड्रिडका सहयात्री डिएगो कोस्टा र फल्काओलाई आगामी सिजन अग्रपङ्तिमा राखिने पनि बताएका छन् ।
प्रि सिजनको मंगलबार हुने पहिलो खेलमा फल्काओ उपस्थित हुने छैनन् । भने शनिबार पेरिस सेन्ट जर्मनविरुद्वको खेलका लागि उपस्थित हुन सक्छन् । तर, दुई÷तीन हप्ताको प्रशिक्षणपछि प्रिमियर लिगको नयाँ सिजनको स्वान्सीविरुद्वको पहिलो खेलका लागि तयार हुनेछन् । (एजेन्सी)

प्रतिक्रिया