“झोला” मेरा लागि अग्निपरीक्षा थियो

Garima-Panta-Sexy
– गरिमा पन्त, नायिका

म नांगिएर सिनेमा खेल्न चाहन्नँ । कला भनेको अभिनय हो, राम्रो कथावस्तुमा राम्रो निर्देशन र अभिनय भयो भने सिनेमा चल्छ भन्नेमा म विश्वस्त छु । ‘झोला’मा मात्र होइन, म हरेक सिनेमामा शरीर होइन कला देखाउन चाहन्छु । यही बहसमा मैले आफ्नो अडान छाडिनँ । म सिनेमा छोड्न तयार थिएँ, अडान छोड्न तयार थिइन । खुसीको कुनै सीमा रहेन । झोलाको च्यारेटी सो हेर्न गएँ । सिनेमामा मेरो ध्यान थिएन । पूरै ध्यान दर्शक तिर थियो । झोला र मेरो कलाप्रति दर्शकको हेराइ कस्तो होला भन्ने मात्र सोचे । मुटु ढुकढुक गरेको थियो । तर, सिनेमा हेर्दाहेर्दै दर्शक रुन थाले । जब सिनेमा सकिन लागेको थियो दर्शकले ताली पिटे । त्यति बेला मैले सुटिङका सबै दुःख बिर्सिए 

प्रतिक्रिया