जन्मदिनमा साबुन उपहार

sabunलसएन्जलस । सामान्यता सेलिब्रेटीले आफ्नो जन्मदिनमा कस्तो उपहारको अपेक्षा गर्लान् ? सहज अनुमान लगाउन सकिन्छ, महँगा एवं लक्जरी सामान । तर, हलिउड अभिनेत्री जेनिफर लरेन्स महँगा अनि लक्जरी सामान नभएर अरू नै चिज चाहन्छन् ।
आगामी अगस्ट १५ मा उनी २४ वर्षकी हुनेछिन् । उनी चाहन्छिन् उक्त दिन उनलाई साबुन उपहार दिइयोस् । उनलाई न्युकोर्कको ग्रिनविच होटलको साबुन एकदमै मन पर्छ । त्यसैले त उनी चाहन्छिन्, उनलाई कलेजी र निलो रङका धेरै साबुन उपहार मिलोस् ।
‘हंगर गेम्स’ चलचित्रका सहअभिनेता जस हचर्सनका अनुसार उनले अघिल्लो जन्मदिनमा लरेन्सलाई उपहार दिन भुलेका थिए । त्यसैले यसपटक निक्कै खास बनाउने योजनामा छन् । उता अभिनेता हेम्सवर्थले ठट्यौली गर्दै भनेका छन्, ‘म लरेन्सको कुनै विशेष चिज चोरेर उनैलाई जन्मदिनको उपहार दिने सोचमा छु ।’ (एजेन्सी)

प्रतिक्रिया