विद्यालय नदी कटानको उच्च जोखिममा

कञ्चनपुर, २ साउन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० अमरपुरमा रहेको दशरथ प्राथमिक विद्यालय नदी कटानको उच्च जोखिममा परेको छ ।

सनवोरा नदीले विद्यालयको जग्गा कटान गरी बगाउन थालेपछि विद्यालय जोगाउनका लागि स्थानीय बासिन्दाले माग गरेका छन् ।

नदीले विद्यालयको उत्तरतर्फको क्षेत्रबाट जग्गा कटान गरी बगाउन थालेकाले सात कोठे पक्की भवन बग्ने खतरा बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिलबहादुर बूढाले बताए ।

स्थानीय दातृ निकायको सहयोगमा एक वर्ष अघि ५० हजारको लागतमा जैविक तटबन्ध निर्माण गरेका भए पनि जग्गा कटानको कार्य नरोकिँदा विद्यालय बग्ने खतरा प्रवल बनेको उनको भनाइ छ ।

विक्रम संवत २०५५ मा स्थापना भएको विद्यालयमा दलित समुदायका २०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया