काठमाडौं । हाइ पर्फमेन्स ट्रेनिङमा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय टेनिस महासंघ, एसियाली टेनिस महासंघ र लनटेनिस एसोसिएसन अफ थाइल्यान्डले संयुक्त रूपमा सञ्चालन गर्ने तालिममा समान २–२ पुरुष र महिला खेलाडी सहभागी हुनेछन् ।
पुरुषमा अन्जन थिङ र आकाश लाम्खोर रहेका छन् भने महिलामा इरा राउत र खुसी पाण्डेले भाग लिनेछन् । प्रशिक्षकमा छेवाङ लामा छन् ।
ट्रेनिङ १९ देखि ३१ जुलाइसम्म एसियन टेनिस सेन्टरमा हुनेछ । टोलीलाई अखिल नेपाल लनटेनिस संघकी उपाध्यक्ष ज्योति राणाले सातदोबाटोमा बिदाइ गरिन् । (सौस)
प्रतिक्रिया