अध्यक्ष दाहाल र मोदीबीच भेटवार्ता

Puspakamal & Narendra modiकाठमाडौं, १ साउन । प्रमुख विपक्षी दलका नेता एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा आज भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान निर्माणका विषयमा कुराकानी भएको हो ।

नेपालका जारी संविधान निर्माण र दलहरूबीचको सम्बन्धका विषयमा भारतीय प्रधानमन्त्री मोदीले चासो राखेको बुझिएको छ ।

भेटवार्ताका विषयमा एकीकृत माओवादीले केही जानकारी दिएको छैन । यद्यपि भारतीय प्रधानमन्त्री मोदीले भने आफ्नो वेबसाइटमा एकीकृत माओवादीका अध्यक्ष दाहालसँगको भेटका क्रममा हातमिलाउँदै गरेको तस्बिर राखेका छन् ।

यसअघि आजै अध्यक्ष दाहालले भारतीय सरकारका गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया