नेकपा माओवादीद्वारा साउन ८ गते नेपाल बन्द

Netra-bikram-chandकाठमाडौं, १ साउन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले लिपुलेक र १६ बुँदेको विरोधमा साउन ८ गते नेपाल बन्दको घोषणा गरेको छ ।

संविधानसभाले जनविरोधी संविधानको मस्यौदा पारित गरेको र भारत र चीनबीच लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको आयोजन गरिएको नेकपा माओवादीका प्रवक्ता खडक विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माले शुक्रबार विज्ञाप्ति जारी गरेर नेपाल बन्द घोषणा गरेको जनाएका हुन् । भरखरै भारत र चीन बीच भएको लिपुलेख सम्झौंता, देशमा बेलगाम मौलाएको भ्रष्टचार एवं कमिसन र जनविरोधी संविधानलाई रोक्न संघर्षको कार्यक्रम अनुसार नेपाल बन्द गर्न लागिएको विज्ञाप्तिमा भनिएको छ ।

‘भरखरै भारत र चीन बीच भएको लिपुलेख सम्झौंता, देशमा बेलगाम मौलाएको भ्रष्टचार एवं कमिसन, मजदुर, किसान, महिला, दलित, जनजाती, मधेशी, मुस्लीम, उत्पीडित क्षेत्रका जनता र राष्ट्रिय उद्यमी व्यवसायी विरोधी संविधानको मस्यौदा र नेपाली जनताको संकटग्रस्त जनजीवीका विरुद्धको जन संघर्षको प्रतिनिधित्व गर्ने संघर्षको कार्यक्रमको रुपमा हाम्रो पार्टीले आगामी श्रावण ८ गते नेपाल बन्दको आयोजना गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

भूकम्पले जनतालाई शोकाकुल बनाइरहेको मौका छोपी चार राजनीतिक पार्टीका केही नेताहरुले १६ बुँदे सहमति गरेर जबरजस्ता बलात संविधान निर्माणको जलप लगाउने दुश्साहस गरेको विज्ञाप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देश देश र जनताले वैशाख १२ र २९ गतेको भूकम्प र त्यस पछिका निरन्तर पराकम्पनको आतंक, डरलाग्दो मानवीय, आर्थिक एवं भौतिक क्षति र इतिहासलाई मात गर्ने शोकाकुलता बेहोरी रोखेको अवस्थालाई आफ्नो अनुकुलता बनाएर जेष्ठ २५ गते मध्ये राती १२ बजेचार दलको नाममा कथित १६ बुंदे सहमति गरियो । जसलाई बलात संविधान निर्माणको जलप लगाउने दुस्साहास गरियो ।’

१६ बुँदे सहमतिले रोल्पामा भएको माओवादी र संसदवादी शक्तिबीचको सहमति, वृहत शान्ति सम्झौंताको मर्म र भावना, १२ बुँदे सहमति र शान्तिप्रकृयाको क्रममा भएका सबै सहमति एवं समझदारीहरु र अन्तरिम संविधान ०६३ को समेत उलंघन दाबी विज्ञाप्तिमा गरिएको छ ।

प्रतिक्रिया