कोइलाखानी भत्किँदा नौको मृत्यु भएको आशङ्का

Philipinsमनिला, १ साउन । मध्य फिलिपिन्समा रहेको द्वीपमा अवस्थित एक कोइला खानीको केही भाग भत्किँदा भएको दुर्घटनामा परी नौ व्यक्ति मारिएका आशङ्का गरिएको छ ।
दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । अन्य छ जनाको मृत्युको पुष्टि नभएता पनि मृत्यु भएको आशङ्का गरिएको प्रान्तीय गभर्नरले शुक्रबार जानकारी दिए ।

नौ जना कामदार कार्यरत रहेका बेलामा कोइला खानीको पर्खाल भत्किएर ती कामदार पुरिएका गभर्नर रोडोरा क्याडिआओले बताए ।

पुरिएर रहेका कामदारहरुमा तीन जनाको शव फेला परेको बताइएको छ । बेपत्ता भएका अन्य छ जनाको खोजीकार्य जारी रहेको क्याडिआओले फिलिपिन्सको रेडियो डिजेटबीबीलाई बताउनु भएको छ ।

सन् २०१३ मा पनि भएको यस्तै खानी दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया