दाङ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना

कावासोती, १ साउन । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा आज सवारी दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नम्बरको रात्रि बस र विपरीत दिशातर्फ गइरहेको युपी३२डिएन ८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाँदा घटनास्थलमै ६ जनाको मुत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म आठ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्ने सक्ने आशङ्का गरिएको छ । दुर्घटनामा मृत्यु हुनेको नाम, ठेगाना खुल्न सकेको छैन ।

उकालोमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया