काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा ‘२०औँ विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिता २०७१’ अन्तर्गत शारीरिक अपांगतर्पmको छात्र एक सय र दुई सय मिटर दौडमा पशुपति उमाविका पूmलकुमार राजवंशी पहिलो भएका छन् । उनले उक्त दुरी १२.०६ र २८.१६ सेकेन्डमा पूरा गरेका थिए ।
छात्रातर्पmको प्रतिस्पर्धामा एक सय र दुई सय मिटरमा गंगा उमाविकी सुनिता परियारले १६.८१ र ३७.५३ से.का साथ दुवै स्वर्ण आफ्नो हात पार्न सफल भइन् । एक क्रचेजको एक सय मिटर दौडमा श्री माध्यमिक विद्यालय सीतापुरका पुरुषोत्तमले स्वर्ण प्राप्त गरे । छात्रातर्प कान्ति भैरव उमाविकी सषमा कार्कीले स्वर्ण पदक जितिन् ।
दुई क्रचेजको एक सय मिटर दौडको छात्रतर्फ वागेश्वरी माविका तेजबहादुर रानाले स्वर्ण पाए । सो प्रतिस्पर्धामा खगेन्द्र नवजीवन विशेष शिक्षा माविका विशाल तामाङले रजत र मनकामना उमाविका सञ्जय तामाङले कास्य पाए । छात्रातर्प मंगलप्रसादकी रिहाना शेख पहिलो, रामपुर उमाविकी रेखा विक दोस्रो र श्री माद्यमिककी हिरादेवी दास तेस्रो भइन् ।
शारीरिक अपांगतर्प सटपुटमा छात्रतर्प खगेन्द्र नवजीवन माविका लोेकेन्द्र घर्तिमगरले ७.५० मिटरका साथ स्वर्णपदक जिते । छात्रातर्प गंगा उमाविका सुनिता परियारले ४.८० मिटरका साथ स्वर्ण पदक जितिन् । एक सय मिटर ह्विलचियर रेसमा खगेन्द्र नवजीवन माविका रोहितकुमार श्रेष्ठले २२.५३ सेकेन्डका साथ स्वर्ण पाए । छात्रातर्प कान्ति भैरवकी सरस्वती देवकोटा ३५.८२ सेकेन्ड समयका साथ पहिलोे भइन् । दृष्टिविहीनको लङजम्पतर्प रघुनाथ आदर्श उमाविका मानसिंह विष्टले २.२६ मिटरका साथ स्वर्ण पाए । छात्रातर्प लेबोरेटरीकी सविना भट्टराईले १.६० मिटरका साथ स्वर्ण पदक जितिन् ।
सटपुटतर्प पूर्वाञ्चल ज्ञानचक्षुका अमरदीप राईले ९.८५ मिटरका साथ स्वर्णपदक जिते । छात्रातर्पm नमुना मच्छिन्द्रकी शान्ता महतोले ५.१० मिटरका साथ स्वर्णपदक जितिन् । सफ्टबल थ्रोमा छात्रतर्प पूर्वाञ्चल ज्ञानचक्षुका अमरदीप राईले ४७.६८ मि. का साथ स्वर्णपदक जिते ।
आंंशिक दृष्टिविहीनको लङजम्पतर्प छात्रमा अमरसिंह उमाविका आदेश वसेलले स्वर्णपदक जिते । सफ्टबलको छात्रतर्प अमरसिंह उमाविका सुनील रानाले स्वर्णपदक जिते । छात्रातर्प अमरसिंहकी सृजना परियारले स्वर्णपदक जितिन् । सटपुटमा अमरसिंहका सुनील रानाले स्वर्णपदक जिते । सटपुटमा आशिंक दृष्टिविहीनतर्प अमरसिंहकी सरिता घिमिरेले स्वर्णपदक जितिन् । ५० मिटर दौडमा अमरसिंहका आदेश वसेलले ६.९० सेकेन्डका साथ स्वर्णपदक जिते ।
बहिरा तर्फ दुई सय मिटर दौडको छात्रमा पूर्वाञ्चल बहिरा विद्यालका रुपेश चौधरी २६.४० सेकेन्ड समयका साथ पहिलो भए । छात्रातर्पm बहिरा बाल उमावि भैरहवाकी संजु रानाले ३४.२६ सेकेन्ड समयका साथ स्वर्ण पदक जितिन् । चार सय मिटरमा पूर्वाञ्चलका रुपेश चौधरीले स्वर्णपदक जिते । छात्रातर्प केन्द्रीय बहिरा उमाविका रीता नगरकोटीले स्वर्णपदक जितिन् । सटपुटमा पूवाञ्चलका रुपेश चौधरी र धवलागिरीकी तिलदेवी गर्वुजाले स्वर्ण पदक जिते । लङजम्पमा राजु चौधरी र रीता नगरकोटीले पहिलो स्थान पाए ।
दुई दिने प्रतियोगितामा उपत्यका भित्रका र जिल्लाका गरी दुई सय ८२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विनी र सुशील पहिलो
खेलकुद मन्त्रालयको सहयोग तथा नेपाल पारा ओलम्पिक कमिटीको आयोजनामा भएको उपत्यकाव्यापी वौद्धिक खेलकुद प्रत्रियोगिता २०७२ मा १५ वर्ष माथिको प्रतिस्पर्धामा महिलातर्प विनी शाक्य र पुरुषतर्प सुशील चौलागार्इं पहिलो भएका छन् । पाटन बहुमुखी क्याम्पसको हातामा भएको प्रतियोगितामा महिलातर्प सपना श्रेष्ठ दोस्रो र स्मृति तुलाधर तेस्रो भइन् । पुरुषतर्प सुजन अधिकारी र हिमांशुजंग शाही तेस्रो भए । एका सय मिटर दौडमा महिलातर्प राधिका थापा, श्रृजना श्रेष्ठ र निलम श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । पुरुषतर्प अजय शाक्य पहिलो, मुकेश महर्जन दोस्रो र नन्दराम महर्जन तेस्रो भए । १५ वर्ष माथिकै सफ्टबल थ्रोमा महिलातर्प रीता दुवाल प्रथम, सुमिता शाक्य द्वितीय र कृष्ण श्रेष्ठ तृतीय भएका छन् । पुरुषतर्प प्रविज्ञ घिमिरे, महेन्द्र थापा र आशिष भट्ट क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
६–१४ वर्षमुनिको सफ्टबल थ्रोमा रिया महर्जन पहिलो, मोनिका लामा दोस्रो र चिना श्रेष्ठ तेस्रो भएका छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक कुमार पौडल र पाटन सिबिआरका प्रतिनिधिले सञ्चालन गरेका थिए । (सौस)
प्रतिक्रिया