रुपन्देही जिल्ला पूर्ण साक्षर घोषणा

भैरहवा । देशका विभिन्न जिल्लालाई साक्षार जिल्ला घोषणा गर्ने क्रममा रुपन्देही जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गरिएको छ । काठमाडौं उपत्यकाको ललितपुर जिल्लालाई सबैभन्दा पहिले साक्षार जिल्ला घोषणा गरिएको थियो भने योसँगै रुपन्देही जिल्ला १६ औँ साक्षर जिल्लाका रूपमा दरिएको छ ।

कुनै पनि गााविस, नगरपालिका, उपमहानगरपालिका तथा जिल्लामा रहेका १६ वर्षदेखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशतभन्दा बढी जनसंख्या साक्षर भएपश्चात् साक्षर घोषणा गर्ने युनेस्कोको प्रावधान रहेको छ । नेपाल सरकारले सन् ०१५ सम्ममा सबैलाई साक्षर बनाउन राष्ट्रिय साक्षरता अभियानअन्तर्गत रुपन्देहीमा पनि आर्थिक वर्ष ०६९/०७० देखि साक्षरता अभियान सञ्चालन भएको थियो । साक्षर प्रतिशतलाई ९५ प्रतिशतभन्दा बढी अर्थात् ९६ दशमलब १७ प्रतिशत पु¥‍याएर साक्षर जिल्ला घोषणा गरिएको हो । स्थानीय सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार एक कार्यक्रमकाबीच शिक्षामन्त्री चित्रलेखा यादवले रुपन्देहीलार्ई साक्षर जिल्ला घोषणा गरेकी हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा शिक्षामन्त्री यादवले यसरी साक्षर जिल्ला घोषणा गरेसँगै यस जिल्लाका मानिस साक्षर भएको संकेत गरेकी थिइन् । उनले शिक्षालाई धनसम्पत्तिको संज्ञा दि“दै शिक्षालाई बेचेर धन किन्न सकिने तर धन बेचेर शिक्षा प्राप्त गर्न नसकिने बताउ“दै कुनै पनि राष्ट्रलाई विकसित बनाउन शिक्षा मुख्य अंगको रूपमा रहने समेत बताइन् ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले ०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या ८ लाख ८० हजार एक सय ९६ रहेकामा आठ लाख ४६ हजार चार सय ८४ जना साक्षर भएको बताए । योसँगै ०६९ वा अभियान सुरु गरे यता करिब ६ करोड लगानीमा हालसम्म ९५ हजार एक सय ७२ जनालाई साक्षर बनाइएको समेत थापाले जानकारी दिए । (सौस)

प्रतिक्रिया