काम नगर्ने साठी विद्यालयको खाता रोक्का

Schoolकालीकोट, ३१ असार । चालु आर्थिक वर्ष ०७१/०७२ मा शिक्षा कार्यालयबाट विकास अनुदान बजेट लिएर कार्यसम्पन्न नगरेको भन्दै कालीकोट जिल्लाका झन्डै ६० बढी विद्यालयको राष्ट्रिय वाणिज्य बैंक शाखा कालिकोटमा रहेको खाता शिक्षा कार्यालयले रोक्का गरेको छ ।

बुधबार जिल्ला शिक्षा अधिकारी घनश्याम पौड्यालले बैंकलाई पत्राचार गरी खाता रोक्का गरेका हुन् ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गतको दुईकोठे भवन निर्माण, शौचालय, निर्माण र बाह्य वातावरण सुधार घेरबार, छाना मर्मतका कार्यक्रमको बजेट लिएर काम सम्पन्न गरी बिल भर्पाई नबुझाउने विद्ययालयको खाता रोक्का गरिएको शिक्षा अधिकारी पौड्यालले बताए ।

असार सम्पन्न भएपछि काम सम्पन्न नगर्ने विद्यालय उपभोक्ताको बजेट फिर्ता पठाउनुपर्नेमा शिक्षा कार्यालयले प्राविधिकको सरसल्लाहमा काम सम्पन्न नहुँदै पैसा खातामा हालेर विद्यालयका खाता रोक्का गरेको हो । त्यस्तै कार्यालयले एक अर्कोपत्र लेखी अन्य १८ वटा विद्यालयको पनि खाता रोक्का गरेको छ ।

विगत वर्षदेखि विभिन्न बहानामा पेस्की बेरुजु फछ्र्योट नगर्ने विद्यलायको पनि खाता रोक्का गरिएको शिक्षा अधिकारी पौड्यालले बताए ।

कालिकोट जिल्लाको बडिमालिका उच्च मावि, सुकाटियाको हाउडी नैनेलदेव प्रावि सुकाटियालगायतका जिल्लाका चार विद्यालयमा विद्यायालय व्यवस्थापन समितिको हकमा कार्यालयलाई अख्तियारद्वारा सो धनी भएको शिक्षा अधिकारी पौड्यालले बताए ।

ती विद्यालयका व्यवस्थापन समिति शिक्षा नियमावलीअनुसार गठन नभई अन्य सरकारी कामकाजमा रहेका व्यक्ति अध्यक्ष रहेको भन्ने गुनासो अख्तियारमा पुगेको बुझिएको शिक्षा अधिकारी पौड्यालले बताए ।

प्रतिक्रिया