आयरल्यान्डमा नेपाली क्रिकेट टोलीका डाक्टरलाई यौन दुर्व्यवहारको आरोप

डा. अजिज बशीर अशाई

डा. अजिज बशीर अशाई

काठमाडौं, ३१ असार । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा आयरल्यान्ड र स्कटल्यान्डमा जारी क्रिकेट प्रतियोगितामा भारतीय चिकित्सकले नेपाली खेलाडी बसेको हेटेलमा महिला कर्मचारीमाथि अभद्र व्यहार गरेको रहस्य खुलेको छ ।

आइसीसी ट्वान्टी–२० वल्र्ड कप क्वालीफायरस् क्रिकेट प्रतियोगिताका क्रममा नेपाली क्रिकेट टिमका लागि फिजियोथेरापिष्ट नियुक्त गरिएका भारतीय चिकित्सक डा. अजिज बशीर अशाईले होटेलका महिलामाथि अभद्र व्यवहार गरेका थिए ।

महिलामाथि अभद्र व्यवहार गर्नुका साथै यौनजन्य क्रियाकलाप गरेको आरोपमा स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा समेत लिएको थियो ।

तर नेपाली खेलाडीहरू जमानी बसेर उनलाई रिहाइ गराएपनि डा. अशाईले तारिख खेपीरहेका छन् ।

उनको पासर्पोट आयरल्यान्डको प्रहरीले कब्जामा राखेको छ ।

प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरीरहेका बेला भारतीय चिकित्सकले हेटलका महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

उनकै कारण पनि नेपाली टोलीले विश्व कप क्वालीफायरस् क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको हुन सक्ने जानकारहरूको भनाइ छ ।

खेल जित्नका लागि टिममा सबै वातावरण राम्रो हुनुपर्छ । तब मात्रै खेलाडीले राम्रोसँग आफ्नो प्रतिभा मैदानमा उतार्न सक्छ ।

आयरल्यान्डस्थित ‘ला मोन होटेल’मा डा. अशाईले होटेलका महिला कर्मचारीलाई जबरजस्त यौनजन्य कार्य गर्न खोजेको आरोप छ । सोही कारण उनलाई टिमबाट जिम्मेवारीसहित हटाइएको नेपाल क्रिकेट संघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

क्रिकेट संघले भारतीय चिकित्सक डा. अशाईसँगको सम्झौता आजैका मितिदेखि लागू हुने गरी रद्द गरेको जनाएको छ ।

उनले अब तत्कालका लागि नेपाली टिममा फिजियोथेरापिष्टको जिम्मेवारी पाउने छैनन् ।

यही जुलाई ६ देखि २६ तारिखसम्म आयरल्यान्ड र स्कटल्यान्डमा आइसीसी ट्वान्टी–२० विश्व कप क्वालीफायरस् क्रिकेट प्रतियोगिता चलिरहेको छ ।

प्रतिक्रिया