नाइजेरिया आक्रमणमा कम्तीमा बाह्रको मृत्यु

nigeriaअबुजा, ३१ असार । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा अवस्थित एक स्थानीय समुदायमा बोको हराम आतङ्ककारी समूहले गत मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको समाचार छ ।

प्रत्यक्षदर्शीहरुले बुधबार सिन्ह्वा समाचार समितिलाई उक्त जानकारी दिएका छन् ।

वार्साला इलाकामा भएको यस आक्रमणमा घर र सवारी साधन जलाइएको एक स्थानीय प्रमुखले जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शी युसुफ मर्वाले दिएको जानकारीअनुसार सो आक्रमणमा परी अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

बोर्नो राज्यको राजधानी मैदुगुरीबाट ११० किलोमिटर टाढा रहेको सो स्थानीय समुदायमा आक्रमण बताइएको छ ।

स्थानीय प्रहरीले सो आक्रमणको पुष्टि गरेको, तर हताहत भएका नागरिकको अधिकारी तथ्याङ्क दिन भने सो स्रोतले अस्वीकार गरेको सिन्ह्वा समाचार समितिले नै जानकारी दिएको छ ।

विशेषगरी बोर्नो राज्यमा गत जुन महिनाको सुरुबाट बोको हराम आतङ्ककारी समूहले आफ्नो आक्रमण बढाएका बताइएको छ ।

सो आक्रमणमा परी करिब एक हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया