कहिँ नभएको जात्रा मन्त्रिपरिषदमाः थापा

Kamal-Thapaकाठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कांग्रेस नेतृत्वको वर्तमान सरकारको क्रियाकलापप्रति व्याङ्ग्य गर्दै विभिन्न टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज सन्देश लेखेर अध्यक्ष थापाले सरकारको मजाक उडाएका हुन् ।

‘कहिँ नभएको जात्रा मन्त्रिपरिषदमा’ भनेर उनले मजाक उडाएका हुन् ।

‘मन्त्रिपरिषदमा सँगै बसेर बजेट पास गर्ने अनि अनेक निहुँ खडागरी आपसमा झगडा गर्ने !’, अध्यक्ष थापाले अगाडि लेखेका छन्, ‘सत्तारुढ दलहरूबीचको विवादले सदन चल्न सकेन ।’

दोस्रो ठूलो सत्तारुढ दल एमालेले बजेटमा आफ्नो पार्टीले अघि सारेका कार्यक्रम नसमेटिको भन्दै सार्वजनिक रुपमा टिप्पणी गर्न थालेपछि राप्रपा नेपालले त्यसलाई मजाक बनाएको हो ।

प्रतिक्रिया