कांग्रेसले कहिले मिलाउँछ क्रियाशील सदस्यताको विवाद

congressकाठमाडौं, ३१ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको असोज पहिलो साता हुने भनिएको महाधिवेशनको चटारोले छोएको छ । तर क्रियाशील सदस्यको चयनको विषय भने कांग्रेसका लागि महाभारत बनेको छ ।

आसन्न महाधिवेशनका लागि हाल कांग्रेसले क्रियाशील सदस्यता छानविनको काम अगाडि बढाएको जनाएको छ । यद्यपि विभिन्न जिल्लाहरूमा संस्थापन र नेता शेरबहादुर देउवा समूहको विवाद यथावत छ ।

क्रियाशील सदस्यता वितरणमा आफ्ना मान्छेलाई ल्याउने होडबाजीका कराण कांग्रेसको महाधिवेशनको मिति पटक पटक सर्दै आएको छ । यस पटक असोज पहिलो साता गर्नुपर्ने कांग्रेसलाई कानुनी बाध्यता छ ।

कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यताको विवाद छिट्टै अन्त्य हुने बताए । ‘क्रियाशील सदस्यता छानविनको काम धमाधम भइरहेको छ’, उनले भने, ‘क्रियाशील सदस्यता छानविन पश्चात क्रियाशील सदस्यहरू प्रारम्भिक सदस्यमा रुपान्तरित हुन्छन् ।’

क्रियाशील सदस्यता छानविन पछि मात्रै महाधिवेसन प्रतिनिधिको टुङ्गो लाग्ने उनको भनाइ छ ।

महाधिवेसन प्रतिनिधि छनोटको काम भने भदौ सात गतेपछि मात्र हुने खड्काले जानकारी दिए ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद अन्त्यका लागि समाधान खोज्न भन्दै कांग्रेस नेताहरू विभिन्न होटेल र रिसोर्ट धाउँदैछन् ।

उनीहरूले क्रियाशील सदस्यताको विवाद अन्त्यको समाधान खोज्न बहानामा होटेलमा गएर छलफल गरेको एक सदस्यले जानकारी दिए । होटेलको बैठकपछि पनि विवादले भने अन्त्य पाइसकेको छैन ।

प्रतिक्रिया