सविता चौधरीलाई स्वर्ण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा ‘२०औँ विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिता–२०७१’ बुधबार सुरु भएको छ । बुधबार भएको प्रतियोगिताअन्तर्गत आंशिक दृष्टिविहीनतर्फ छात्रा ५० मिटर दौडमा लेबोरेटरी उमावि, कीर्तिपुरकी सविता चौधरी ९.९३ सेकेन्डका साथ पहिलो भइन् ।

एथलेटिक्स खेल मात्र समावेश भएको प्रतियोगितामा पूर्ण दृष्टिविहीन छात्रतर्फको ५० मिटर दौडमा रघुनाथ आदर्श उमावि कैलालीका मानसिंह विष्ट ७.६८ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे । छात्रातर्फ लेबोरेटरीकी सुनिता भट्टराईले ८.९८ सेकेन्डका साथ स्वर्ण पाइन् ।४५ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धाको बहिरातर्फको छात्र १०० मिटर दौडमा बहिरा बाल विकास भैरहवाका देवेन्द्र सारु १२.९९ सेकेन्डका साथ पहिलो भएका छन् । छात्रातर्फ धौलागिरिकी तिलदेवी गरबुजा १५.४१ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् ।
दुईदिने प्रतियोगितामा उपत्यका भित्रका र जिल्लाका गरी २ सय ८२ खेलाडीहरूले प्रतिस्पर्धा गर्दैछन् । (सौस)

प्रतिक्रिया