रूपन्देही क्रिकेटमा मल्ल

काठमाडौं । रूपन्देही क्रिकेट सघंको अध्यक्षमा प्रशान्तविक्रम मल्ल पुनः निर्वाचित भएका छन् । उनी नयाँ चारवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि दुई कार्यकाल पूरागरिसकेका मल्लले सम्पन्न दोस्रो चरणको निर्वाचनमा गोलाप्रथाको माध्ययमबाट विजयी भएका हुन् । गत शनिबार भएको निर्वाचनमा अध्यक्षका प्रत्याशीद्वय प्रशान्तविक्रम मल्ल र सत्यजित सरकारले समान १३/१३ मत ल्याएपछि मंगलबार दोस्रोपटकको निर्वाचन गरिएको हो ।
दोस्रोपटक भएको निर्वाचनमा पनि मल्ल र सरकारले समान १४/१४ मत प्राप्त भएपछि गोलाप्रथाबाट नेतृत्व चयन गर्दा मल्ल विजयी भएको निर्वाचन अधिकृत टिपी भुसालले जानकारी दिए । त्यस्तैगरी सदस्यमा गंगाराम सुनार, निरजप्रताव खाँण, शेषमणि चौधरी, रसुल शेख, खेमराज भुसाल, निराकार पन्त, कुलेन्द्र पुन, बिमल सेन्चुरी, विनय ज्ञवाली, सुनील शर्मा र पूर्ण गुरुङ निर्वाचित भएका छन् । (सौस)

प्रतिक्रिया