दाङ, ३० असार । दाङमा जिल्ला एड्स समन्वय समितिले एचआइभी सङ्क्रमितका उद्धार र उपचारका लागि जिल्लामा आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।
घोराहीमा मंगलबार बसेको बैठकले आपत्कालीन कोष बनाउने निर्णय गरेको हो ।
बैठकमा यो वर्ष भेटिएका २४ नयाँ एचआइभी सङ्क्रमितसहित जिल्लामा २ सय ७८ एचआइभी सङ्क्रमित भेटिएको एचआइभी/एड्सको क्षेत्रमा काम गर्दै आएको संस्था दाङ प्लसका संयोजक प्रकाश नेपालीले बताए ।
अहिलेसम्म भेटिएका एचआइभी सङ्क्रमितमध्ये ६८ को मृत्यु भइसकेको छ ।
१ सय ६१ ले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीबाट निःशुल्क रूपमा एआरभी औषधि खाइरहेको संयोजक नेपालीले जानकारी दिए ।
प्रतिक्रिया