त्रिविद्वारा परीक्षाफल प्रकाशित

काठमाडौं, ३० असार । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ साल मङ्सिर–पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार मङ्गलबार प्रकाशित गरेको छ ।

त्यसैगरी, परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्ष आंशिकतर्फको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरेको छ ।

प्रतिक्रिया