क्याम्पस सार्ने निर्णयको विरोध

काठमाडौं । विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का तीन आंगिक क्याम्पस कीर्तिपुरमा सार्ने निर्णयको विरोध गरेका छन् ।

सोमबार ११ संगठनको संयुक्त बैठकले त्रिविले क्याम्पस कीर्तिपुर सार्ने निर्णय असान्दर्भिक भएको भन्दै विरोध जनाएका हुन् । त्रिविले लैनचोरस्थित अमृत क्याम्पस, जनप्रशासन क्याम्पस र ग्रामीण आदर्र्श क्याम्पस कीर्तिपुरमा सारी ती ठाउँमा व्यापारिक कम्प्लेक्स बनाउने निर्णय गरेको थियो ।

अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले क्याम्पस सार्ने निर्णय असान्दर्भिक भएकाले तत्काल नसार्न आग्रह गरिएको जानकारी दिए । ‘विद्यार्थीलाई ती क्याम्पसमा जागिर गर्दै पढ्दै गर्न सजिलो छ’, उनले भने, ‘कीर्तिपुरमा सार्दा टाढा पर्ने भएकाले जागिर गरेर पढ्न असजिलो हुन्छ ।’

प्रतिक्रिया