ऊ बेग लिएर सार्वजनिक

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाले भूकम्पको विषयमा एउटा राष्ट्रिय गीत बनाएको छ । ‘ऊ बेग लिएर आउँछ’ बोलको गीतले जस्तोसुकै विपत् परे पनि सबै एकजुट भएर त्यसको सामना गर्दै आफ्नै पौरखले जिउनुपर्छ भन्ने सन्देश दिएको छ ।
समितिका अध्यक्ष आनन्द विष्ट निर्माता रहेको गीत शैलेश आचार्यले लेखेका हुन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा राजेशपायल राई र रजिना रिमालको स्वर रहेको छ । फिल्म निर्देशक नारायण पुरी र विकास आचार्यको संयोजनमा तयार पारिएको भिडियोका सम्पादन कीर्तिजनार्दन जोशीले गरेका छन् ।
यसैबीच, समितिले सुपरहिट फिल्म ‘नाइँ नभन्नु ल ३’ अमेरिकामा प्रदर्शन गर्ने भएको छ । समितिका केन्द्रीय सदस्य एवं बेस्ट टेक्सस च्याप्टरका सभापति हरिबोल भण्डारीले फिल्म प्रदर्शनबाट उठ्ने सम्पूर्ण रकम प्राकृतिक प्रकोपमा परेका नेपालीहरूका लागि खर्च गरिने बताए । (सौस)

प्रतिक्रिया