पोखरा विश्वविद्यालयमा तनाव एमालेकोे हस्तक्षेप भयो : पोविवि

puपोखरा २६ असार । विभिन्न कारणले चर्चामा आइरहने कास्कीको लेखनाथमा रहेको पोखरा विश्वविद्यालयमा अहिले पनि तनाव कायमै रहेको छ । विश्वविद्यालयले विद्यालयको आन्तरिक मामलामा नेकपा एमालेले ठाडो हस्तक्षेप गरेको आरोप लगाएको छ ।

विश्वविद्यालयका तर्पबाट शुक्रबार विज्ञप्ति जारि गर्दै दोषी विद्यार्थीमाथि कारर्बाही गर्नुको साटो एमाले पार्टी–पंक्ति विश्वविद्यालय पदाधिकारीलाई तर्साउने, धम्काउने तथा भौतिक कारर्बाही गर्छौं भन्नेसम्मका धम्की दिने गरेको जनाएको छ । जिम्मेवार पार्टीबाट यस्तो कार्य हुनु अशोभनीय कार्य भएको भन्दै पोखरा विश्वविद्यालयले विश्वविद्यालयमा प्राज्ञिक मर्यादा कायम राख्न विज्ञप्तिमार्पत अपिल गरेको छ ।
विज्ञान तथा प्रविधि शंकायका डिन गोविन्दप्रसाद लामिछानेलाई शौचालयमा थुनेपछि उनले संलग्न एमाले अखिलका विद्यार्थीलाई १५ दिनका लागि निलम्बिन गर्नुका सार्थ १४ असारमा प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
अनेरावियुले विद्यार्थीको निलम्बन फुकुवाको माग राख्दै १७ असारमा परीक्षा नियन्त्रण कार्यालयबाहेक विश्वविद्यालयका सबै निकायमा तालाबन्दी गरेको थियो । सो ताला स्थानीय प्रशासनको सहयोगमा फोडेर पठनपाठन सुचारु गराइएपछि अनेरास्ववियु र एमालेले यसलाई प्रतिष्ठाको विषय बनाएर विश्वविद्यालयमा दबाब र धम्की दिइरहेको बताइएको छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापालगायतका टोली विश्वविद्यालयमा गएर कारबाही फिर्ताका लागि दबाब दिइरहेका छन् ।
अनेरास्ववियुले विद्यार्थीमाथिको कारबाही तत्काल फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । विद्यार्थीले विश्वविद्यालयले अनिमित ढंगले विद्यार्थी स्नानान्तरण गरेकाले आन्दोलनमा उत्रिनु परेको दाबी गरेका छन् । विश्वविद्यालयकै कानुनी सल्लाहकार फडिन्द्र कोइरालाकी छोरीलाई नियम विपरीत विषय स्थानान्तर गरिएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया