विद्यालय क्षेत्रलाई २५ करोड

काठमाडौं  । जापानले विद्यालय क्षेत्र सुधार कार्यक्रम विस्तार योजना कार्यान्वयन गर्न २४ करोड ९९ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जापानका राजदूत मासासी ओगोवाले हस्ताक्षर गरे ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र यहाँस्थित जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रमुख प्रतिनिधि चुतोमु सिमीजुले अनुदान सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरे । विद्यालय क्षेत्र सुधार कार्यक्रम विस्तार योजना कार्यान्वयन जाइका र शिक्षा मन्त्रालयले कार्यान्वयन
गर्नेछन् । (सौस)

प्रतिक्रिया