घर्ती एमाले सचेतक

काठमाडौं । नेकपा एमालेले संविधानसभाको सुरु भएको डेढवर्षपछि गोकुल घर्तीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेको छ । पार्टीअध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले घर्तीलाई सचेतकमा नियुक्त गरेका हुन् ।
यसअघि प्रमुख सचेतक अग्नि खरेल नियुक्त भइसकेका थिए । संसदीय दलका नेता ओलीले घर्तीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेको केन्द्रीय सदस्य राजन भट्टराईले जानकारी दिए । घर्ती वैकल्पिक पोलिटब्युरो सदस्यसमेत हुन् । समानुपातिकबाट सभासद् भएका घर्ती अध्यक्ष ओलीनिकट मानिन्छन । रोल्पा घर भएका घर्ती विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी अनेरास्ववियुका महासचिवसमेत भएका थिए । पछि रामकुमारी झाक्रीसँग अध्यक्षमा पराजित भएका हुन् ।

प्रतिक्रिया