दाङमा बेपत्ता वृद्धको चार दिनपछि शव भेटियो

दाङ, २५ असार । राप्ती नदीमा बगेर बेपत्ता भएका दाङ देउखुरीका एक वृद्धको शव चार दिनपछि फेला परेको छ ।

देउखुरी उपत्यकाअन्तर्गत पर्ने बेला गाविस नयाँ बस्ती निवासी ६८ वर्षीय भागिराम चौधरीको शव बिहीबार राप्ती नदीको किनारामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

चौधरीले राप्ती नदी किनारामा असार २१ गते भैँसी चराउँदै गर्दा नदीमा अचानक आएको बाढीले उनलाई बगाएको थियो ।

नदीले बगाएर बेपत्ता भएपछि आफन्त, स्थानीय गाउँले र प्रहरीको सक्रियतामा चौधरीको खोजी गरिएको थियो ।

प्रतिक्रिया