बुद्धचित्तसहित दुई पक्राउ

काभ्रे, २४ असार । आवश्यक कागजात नभएको भन्दै काभ्रे प्रहरीले तीन किलो बुद्धचित्तसहित दुई कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिखरआम्बोटे –३ का ४५ वर्षीय पञ्चलाल लामा र सोही ठाउँका १९ वर्षीय दानवीर लामा रहेका छन् ।

बुद्धचित्त लुकाईछिपाई काठमाडौं लैजाँदै गरेका उनीहरूलाई बनेपाको चारदोवाटोबाट पक्राउ गरी जिल्ला वन कार्यलय काभ्रेलाई बुझाएको छ । प्रहरीका अनुसार उनीहरूसँग आवश्यक कागजात नभएकाले पक्राउ गरिएको हो । बुद्धचित्त ओसारपसार गर्न वनले दिएको इजाजतपत्र र कर तिरेको प्रमाण अनिवार्य गरिएको छ । जिल्लामा यतिबेला खेतीपातीको सिजनसँगै बुद्धचित्त टिप्ने समय पनि भएकाले अधिकांस काभ्रेवासी व्यस्त भएका छन् ।

प्रतिक्रिया