पत्नी माइत गएपछि पतिले ज्यान दिए

गौशाला, २२ असार । महोत्तरीको मनरा गाविसमा एक युवककी पत्नी माइत गएको निहुँमा उनले झुन्डिएर ज्यान दिएका छन् ।

मृत्यु हुनेमा मनरा गाविस–७ बस्ने रामप्रगास साहका छोरा २९ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तीन/चार दिनअघि पतिपत्नीबीच घरायसी विवाद भएपछि पत्नी साहलाई छाडेर माइती गएकी थिइन् ।

सोही निहुँमा साहले आज बिहान ५ बजे आफ्नै घरको धुरीमा साडीको पासो लगाई झुन्डिएर ज्यान दिएको प्रहरी निरीक्षक नरेश महतोले बताए ।

मृतक युवक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

प्रतिक्रिया