काठमाडौं । एसएलसीका विद्यार्थीलाई लक्षित गर्दै रिवन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको ‘मिस एलएलसी अफ द इयर’ र ‘मिस्टर एसएलसी अफ द इयर २०१५’ को उपाधि क्रमशः सगुन अर्याल र अधिराज मल्लले जितेका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको प्रतियोगितामा सगुनले विधागततर्फको ‘मिस ट्यालेन्ट’ र ‘मस्ट पपुलर’ अवार्ड पनि चुमिन् । प्रतियोगितामा फस्ट रनरअप ओजस्वी ढकालले ‘बेस्ट पर्सनालिटी’, सेकेन्ड रनरअप प्रतिक्षा खनालले ‘मस्ट क्रियटिभ’, थर्ड रनरअप प्रियसा हमाल ठकुरीले ‘मिस फेसन आइकन’ तथा फोर्थ रनरअप प्रशंसा दाहालले ‘मस्ट एक्टिभ’ को अवार्ड
जितेका थिए ।
प्रतियोगितामा सारा कपाली ‘बेस्ट फिटनेस’, डोल्मा तामाङ ‘सोसियल्ली रेस्पोन्सिबल’, जीना श्रेष्ठ ‘मिस फोटोजेनिक’, मौसमी खत्री ‘मस्ट स्टाइलिस’, सुस्मा सिलवाल ‘मस्ट डिसिप्लेन’, इनु राई ‘मिस कन्जिनियालिटी’, विनी महर्जन ‘बेस्ट फिजिक’, रोजी लामा ‘बेस्ट हेयर’, दीपा मानन्धर ‘ब्युटी विथ पर्पस’, सविना न्यौपाने ‘बेस्ट स्किन’, लक्ष्मी गुरुङ ‘मस्ट फ्रेन्डली’, अनु तामाङ ‘मिस क्याट्वाक’, स्वस्ति वैद्य ‘बेस्ट स्माइल’, स्वस्तिका शाक्य ‘बेस्ट आर्टवर्क’, पूजा परियार ‘भ्युवर्स च्वाइस’, प्रविना घले ‘म्यानेजमेन्ट च्वाइस’, तेन्जीङ डोल्मा तामाङ ‘मस्ट चार्मिङ’ र दिव्या बर्देवा ‘मिस ब्युटिफुल’ बने ।
यो प्रतियोगिता नायक रमेश उप्रेती, नायिका झरना थापा, हाँस्य अभिनेता, शिवहरि पौडेल, निर्माता सुनिलकुमार थापा, निर्मात्री तथा फेसन डिजाइनर पुनम गौतम, सञ्चारकर्मी सुमित प्रताप जबरा र शिक्षासेवी सुदन डोटेल निर्णायक थिए ।
यसैगरी ‘मिस्टर एसएलसी २०१५’ बनेका अधिराजले शीर्ष उपाधिसहित ‘बेस्ट फिजिक’ र ‘फेसबुक च्वाइस’ को विधागत अवार्ड पनि पोल्टामा पारे । प्रतियोगितामा दीपेन्द्र कार्की फस्ट रनरअपसँगै ‘बेस्ट फिटनेस’ र ‘बेस्ट स्पिच’, रोहित खड्गी सेकेन्ड रनरअपसँगै ‘मिस्टर फोटोजेनिक’ बनेका थिए । विधागततर्फ गगन फुयाँल ‘मिस्टर क्याट्वाक’, सन्देश न्यौपाने ‘बेस्ट स्माइल’, रिदम रिक रिमाल ‘बेस्ट हेयर’, सलिन शर्मा ‘मिस्टर क्याट्वाक’, विश्वास बुढाथोकी ‘मिस्टर ह्यान्डसम’, स्वस्तिक आचार्य ‘मस्ट पपुलर’ र ‘मिस्टर ट्यालेन्ट’, करन थापा ‘मस्ट फ्रेन्डली’, रिकी लामा ‘बेस्ट पर्सनालिटी’, विपीन राना मगर ‘मस्ट डिसिप्लेन’ र रोचक लामा ‘मस्ट स्टाइलिस’ घोषित भए ।
ओजस्वी मिस टीन एसएलसी
यस्तै स्टार वान इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस टीन एसएलसी २०१५’ को उपाधि ओजस्वीले जितेकी छन् । उनले ‘बेस्ट हेयर’ को उपाधि पनि पाइन् । प्रतियोगितामा रोजिता महर्जन फस्ट रनरअपसँगै ‘बेस्ट स्पिच’, रिना तामाङ सेकेन्ड रनरअपसँगै ‘मस्ट पपुलर’, जेनिफर तामाङ थर्ड रनरअपसँगै ‘बेस्ट पर्सनालिटी’, नमुना गिरी फोर्थ रनरअपसँगै ‘बेस्ट फिजिक’ बनिन् ।
प्रतियोगितामा अनुशा थापा मगर ‘मस्ट फ्रेन्डली’, अर्सुला सुवेदी ‘ब्युटी विथ पर्पस’ सुजता श्रेष्ठ ‘मस्ट डिसिप्लेन’, जोसना महर्जन ‘मिस क्याट्वाक’, जिम्मी महर्जन ‘मस्ट स्टाइलिस’ रोनिभा थापा ‘बेस्ट स्किन’, सेविका कोइराला ‘मिस ब्युटीफुल आइज’, विनिता कार्की ‘सोस्यली रेस्पोन्सिबल’ रोजिना तामाङ ‘मिस कन्जिनियालिटी’, दिव्या थापा ‘बेस्ट आर्टवर्क’, आस्था कार्की ‘बेस्ट स्माइल’, मनिका श्रेष्ठ ‘मिस ब्युटीफुल’, विपना पुन ‘बेस्ट फिटनेस’, निमा तामाङ ‘मस्ट क्रियटिभ’, यमुना खड्का ‘फेसबुक च्वाइस’ पिलिस्था महर्जन ‘मिस फोटोजेनिक’ र ओशिन राई ‘मस्ट चार्मिङ’ भए । यसको निर्णायकमा अभिनेता सरोज खनाल, अभिनेत्री अनिता आचार्य, पुर्ण लामा, अनिल शाही, पालदेन सेर्पा र सरोज प्याकुरेल थिए ।
दुवै प्रतियोगिताको कोरियोग्राफी भारतीय कोरियोग्राफर कौसिक घोषका नेपाली चेला कोरियोग्राफर अश्विनी झाले गरेका थिए । कार्यक्रम सुरु हुनुअघि भूकम्पमा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । (सौस)
वर्षा साइपल मिस एसएलसी
काठमाडौं । बन्दना कला केन्द्र काठमाडौंले गत शनिबार आयोजना गरेको ‘साइपल मिस एसएलसी–२०१५’ को उपाधि वर्षा महर्जनले चुमेकी छन् । राष्ट्रिय नाचघरमा भएको निर्णायक प्रतिस्पर्धामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै वर्षाले शीर्ष उपाधि जितेकी हुन् ।
प्रतियोगितामा सान्त्वना राई फस्ट, नयनतारा राई सेकेन्ड, निस्ता सिग्लेल थर्ड तथा एन्जिसा शाही फोर्थ रनरअप बने । विधागत अवार्डतर्फ प्रमिला पौडेल ‘फ्रेन्डसिप’, नयनतारा राई ‘बेस्ट स्किन’, निस्ता सिग्देल ‘बेस्ट डिस्टिङसन’, गरिमा थापा मगर ‘बेस्ट ड्रेस’, वर्षा महर्जन ‘मिस पर्सनालिटी’, सिसम लामा ‘बेस्ट हेयर’, सान्त्वना राई ‘मिस ट्यालेन्ट’, जुजुना दाहाल ‘मिस सोसल वर्कर’, एन्जेस शाही ‘मिस लिडरसिप’, महिमा श्रेष्ठ ‘मिस डिस्पिलिन’, मुना पाठक ‘मिस पङचुआलिटी’, अंकिता थापा ‘बेस्ट स्माइल’, सगुन श्रेष्ठ ‘भ्यअर्स च्वाइस’, रेजा खड्गी ‘फोटोजेनिक’ तथा मुस्कान केसी ‘मिस पपुलर’ को दाबेदार बने ।
कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई किरात राई मौलिक कला सांस्कृतिक केन्द्र तथा ‘मिस राई–२०१५’ समूहका फस्ट रनरअप सुप्रिया राई, स्नेहा राई, नज्मा राई, ‘मिस कल्चर’ चाँदनी राई, ‘बेस्ट ड्रेस’ सृष्टिकला राई, किरात राई यायोक्खा काठमाडौं अध्यक्ष देवान राई तथा संगीतकार तथा प्राज्ञ शान्तिराम राईले सम्मान गरेका थिए ।
कार्यक्रमलाई सांगीतिक बनाउन गायक अनिल थुलुङ र गायिका सुस्मा राईले गीत प्रस्तुत गरेका थिए भने नेशनल तेक्वान्दो एकेडमी चावहिलका खेलाडीले विशेष प्रदर्शन तथा हाँस्यकलाकार निरु खड्काले हाँस्य प्रहसन गरेका थिए । किरात बिन्द्रद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगिताको संयोजन बन्दना कला केन्द्रका अध्यक्ष अर्पण राईले
गरेका थिए । (सौस)
अञ्जु एसएलसी प्रिन्सेज
काठमाडौं । सिजन मिडियाले राजधानीमा आयोजना गरेको पाँचौँ संस्करणको ‘टिभिएस जुपिटर एसएलसी प्रिन्सेज २०१५’ को उपाधि काठमाडौं कपनकी १६ वर्षीया अञ्जु भण्डारीले जितेकी छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न प्रतियोगितामा आफ्ना ४७ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
एयुत्सु स्कुलबाट एसएलसी परीक्षा उच्च श्रेणीमा पास गरेकी भण्डारी ग्लोबल कलेज अफ म्यानेजमेन्टमा उच्च शिक्षाका लागि भर्ना भइसकेकी छन् । उनले उपाधिसँगै टिभिएस जुपिटर स्कुटर, क्याम्पियन एकेडेमीको तर्फबाट चार लाख रुपैयाँबराबरको उच्च शिक्षाको छात्रावृत्ति, फेसन सेन्टर भाटभटेनीद्वारा १० हजार रुपैयाँबराबरको साडी, फ्लाइ स्काई एयरहोस्टेज एकेडेमीको तर्फबाट २५ हजारको निःशुल्क तालिमलगायतका पुरस्कार पाएकी छन् ।
प्रतियोगितामा हाडीगाउँकी १५ वर्षे तेजस्वी कोइरालाले फस्ट रनर अपसँगै ‘भ्युअर्स च्वाइस अवार्ड’ पनि जितिन् । त्रिवेणी स्कुलबाट एसएलसी पास गरेकी कोइरालाले ल्यापटप र फ्लाइ स्काई एयरहोस्टेज एकेडेमीको तर्फबाट २५ हजारको निःशुल्क तालिमलगायतका उपहार पाइन् । यस्तै बालाजुकी १६ वर्षीया सुद्धता थापाले सेकेन्ड रनरअपसँगै ‘डिस्टिङसन अर्वाड’ को उपाधि जितिन् । सुवानी कर्माचार्य थर्ड रनरअपसँगै ‘मिस पपुलर’ र सिम्रन श्रेष्ठ फोर्थ रनरअपसँगै ‘पर्सनालिटी अवार्ड’ को दाबेदार बने ।विधागत अवार्डमा अलविना सुवेदी ‘ब्युटीफुल आइज’, खुश्वु आले ‘फेसबुक मल्टिमिडिया’, प्रतिक्षा लामा ‘अर्गनाइजर च्वाइस अवार्ड’, असिना देउला ‘बेस्ट ड्रेस’ र ‘बेस्ट हेयर’, अलिसा बज्राचार्य ‘मिस डिसिप्लेन’, सिम्रन श्रेष्ठ ‘मिस फ्रेन्डसिप’, मनिषा लामा ‘बेस्ट वाक’, सिजु श्रेष्ठ ‘मिस स्माइल’, पूजा गदाल ‘मिस फोटोजेनिक’, शताब्दीका गिरी ‘मिस फिजिकल’, सुरक्षा श्रेष्ठ ‘एजुकेसन अवार्ड’, शितल शाह ‘बेस्ट स्किन’ र करिश्मा लामा ‘मिस ट्यालेन्ट’ बने ।
आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्तका अनुसार निर्णायकमा फिल्म निर्देशक आकाश अधिकारी, सञ्चारकर्मी विजय पौड्याल, मेगा बैंककी विजनेश डेभलपमेन्ट अफिसर रभिना देशराज श्रेष्ठ, नामी कलेजका फाउन्डर याङ्कीला नामी र शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ थिए । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेकी थिइन् । (सौस)
प्रतिक्रिया