पूर्वमै सिएको कक्षा सञ्चालन गरिँदै

झापा, २० असार । झापाको विर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा यस वर्षदेखि सिए (चार्टर एकाउन्टेड) को कक्षा सञ्चालन हुने भएको छ ।

यसअघि बिबिए, विएका कक्षा सञ्चालन गर्दै आएको उक्त महाविद्यालयले यस वर्षबाट सिएका कक्षा सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो ।

यसअघि सिए अध्ययनका लागि यहाँका विद्यार्थी काठमाडौं र भारतको सिलिगुडीलगायत विभिन्न ठाउँमा जाने गरेका थिए ।

पूर्वमा नै पहिलो पटक यस महाविद्यालयले सिएको कक्षा सञ्चालन गर्न लागेको बताउँदै महाविद्यालयका प्राचार्य रुपक खनालले भने, “अब महँगो शुल्क तिरेर यहाँका विद्यार्थी सिए पढ्न बाहिरिनु नपरोस् भनेर यहाँ हामीले सिएका कक्षा सञ्चालन गर्न लागेका हौँ ।”

महाविद्यालयले सिएका कक्षा सञ्चालानार्थ नेपाल बोर्ड र इन्डियन बोर्डबाट पनि सम्बन्धन लिएको बताउदै महाविद्यालयका प्राचार्य खनालले भने, “विद्यार्थीले जताबाट सहज हुन्छ उतैबाट रजिस्ट्रेसन गरेर परीक्षा दिन सक्छन् त्यसको सबै व्यवस्था हामी नै मिलाइ दिन्छौँ ।

प्रतिक्रिया