अभिनयमा अब्बल जनावर

Monkeyमुम्बई । बलिउडका फिल्ममा अभिनय गर्ने केही यस्ता जनावर छन्, जसको पारिश्रमिक अभिनेता र अभिनेत्रीको भन्दा बढी छ । सुपरहिट फिल्म ‘हम आपके है कौन’मा अभिनय गरेको टफी नाम गरेको कुकुर फिल्ममा सर्वत्र छाएको छ ।
राजश्री प्रोडक्सनमा ३६ वर्षदेखि काम गर्दै आएका प्रोडक्सन इन्चार्ज केसी सुब्रमनियनले दिएको जानकारीअनुसार यो फिल्मको निर्माण भइरहँदा पुणेका ६५ वर्षे जनावर प्रशिक्षक चिन्तामणि सेलारले फिल्म युनिटलाई दुई पोमेरेनियन कुकुर बेचेका थिए । ‘टफीलाई एक वर्ष तालिम दिइएको थियो, फिल्मको पूरै सुटिङमा उँटीमा भएको थियो, जहाँ यी कुकुरलाई चिसोबाट बचाउन हिटरको व्यवस्था गरेका थियौँ’, उनले भनेका छन् ।
यसै प्रोडक्सनले सन् १९६४ मा बनाएको फिल्म ‘दोस्ती’मा अभिनेता प्राणसँग पनि टफी नाम गरेको कुकुरले अभिनय गरेको थियो । त्यही कुकुरको सम्झनामा ‘हम आपके है कौन’मा पनि कुकुरको नाम टफी नै राखिएको थियो । फिल्मको सुटिङ सकिएपछि राजश्री प्रोडक्सनले टफीलाई चिन्तामणिको साथमा फिर्ता गरिदिएको थियो । कुकरको हेरचाहकै लागि प्रोडक्सनले मासिक तीन हजार रुपैयाँ दिने गरेको थियो ।
फिल्म ‘मैने प्यार किया’मा एउटा चर्चित गीत छ, ‘कबुतर जा जा जा…’ । यही गीतमा नायिकासँगै एउटा सेतो रंगको परेवा पनि सँगै देखिन्छ । यो फिल्मका लागि राजश्री प्रोडक्सनले मुम्बईको क्राफोर्ड मार्केटबाट चारवटा परेवा खरिद गरेर तालिमका लागि एनिमल ट्रेनर कहाँ पठाएको थियो । तीन महिनासम्म तालिम चलेपछि परेवाको नाम ‘हेन्डसम’ राखिएको थियो । फिल्मको सुटिङ सकिएपछि यी परेवालाई मुम्बईको चाँदीवली स्टुडियोमा छोडिएको थियो । तर, चाँदीवाली स्टुडियोमा छोडिए पनि यी परेवाहरू राजश्रीको अफिसमा आउन चाहिँ छोडेनन् ।
सन् १९९३ मा बनेको बनेको फिल्म ‘आँखे’मा निर्माता पहलाज निहलानीले एउटा ‘बजरंगी’ नामको बाँदरलाई पनि अभिनय गराएका थिए । फिल्ममा बाँदरका अलावा गोविन्दा, चंकी पाण्डे र कादर खानको पनि अभिनय रहेको थियो । चेन्नाईबाट झिकाइएको बाँदरका प्रशिक्षक मिस्टर जेम्स थिए । निर्माता पहलाजका अनुसार उक्त समयमा फिल्ममा चंकीलाई अढाइ लाख पारिश्रमिक दिइएको थियो भने बाँदरको पारिश्रमिक पाँच लाख थियो । ‘किनकि बाँदरको भूमिका लामो थियो, त्यो बाँदर वान टेक आर्टिस्ट थियो, जुन कुरा सिकाइन्थ्यो, त्यही काम उसले गथ्र्यो, फिल्ममा जनावरलाई अभिनय गराउँदा काम ढिलो भएपछि चेन्नाईका सबै जनावरलाई सर्कसमा पठाइएको थियो, त्यो हाम्रा लागि दुर्भाग्यपूर्ण थियो किनकि फिल्म उद्योगमा जनावरको शोषण हुँदैन थियो ।’ निर्माता पहलाजले भनेका छन् ।
सन् १९८५ को हिट फिल्म ‘तेरी मेहरबानियाँ’ मा मुख्य भूमिकामा अभिनय गरेको मोती नाम गरेको कुकुरले फिल्मबाट निकै राम्रो तारिफ पाएको थियो । वास्तविक नाम ब्राउनी रहेको यो कुकुरले फिल्मका लागि निकै लामो तालिम लिएको थियो । (एजेन्सी)

प्रतिक्रिया