म्युजिक अवार्डमा थपियो उत्कृष्ठ भूकम्पगीत

Music-Awardकाठमाडौं । विगत चार वर्षदेखि निरन्तर रूपमा हुँदै आएको ‘म्युजिक खबर म्युजिक अवार्ड’को मनोनयनका लागि आवेदन खुला गरिएको छ । म्युजिक खबरडटकमले आयोजना गर्न लागेको अवार्ड भूकम्पका कारण सम्पूर्ण गीतसंगीत क्षेत्रलाई क्षति पुर्‍याएको जनाउँदै असार मसान्तसम्मका लागि आवेदन खुला गरिएको हो ।

संस्थाद्वारा जारी विज्ञप्तिमा संगीतकर्मी, सञ्चारकर्मीसँगको सल्लाह, सुझाव र सहयोगमा हुन लागेको अवार्डमा कोही पनि संगीतकर्मी नछुटुन् भन्ने उद्देश्यले असार मसान्तसम्मका लागि आवेदनको मिति तय गरेको जनाइएको छ ।
‘विनाशकारी भूकम्पलाई मध्यनजर गर्दै संगीतकर्मीहरूले गीत सिर्जना गरेको हुँदा उत्कृष्ट भूकम्पगीतको विधालाई पनि चौथो संस्करणको म्युजिक खबर म्युजिक अवार्डमा समावेश गरिनेछ,’ अनलाइनका सम्पादक सुमन वैरागीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘भूकम्पको विषयलाई केन्द्रमा राखेर चेतनामूलक सिर्जनाबाट आम जनसमुदायलाई त्रसित नहुन र विकासको गतिलाई अझ तीव्रस्तरमा लैजानका लागि गीतसंगीतले खेलेको भूमिकालाई मध्यनजर गर्दै यो विधा समावेश गर्न लागिएको हो ।’
ऊर्जाशील एवं चेतनशील समाज निर्माणमा भूकम्प गीतले पु¥याउने योगदानलाई मनन गर्दै ‘उत्कृष्ट भूकम्पगीत’ को विधा यस वर्षका लागि राखिएको छ । आगामी भदौ महिनामा राजधानीमा हुने अवार्डमा ३२ विधाका लागि मनोनयनमा पर्ने कलाकारको प्रतिष्पर्धा हुनेछ । अवार्डको मनोनयन साउनमा सार्वजनिक गरिनेछ ।
अवार्डमा लोक, आधुनिक, चलचित्र, पप, राष्ट्रिय भावको गीतका साथमा उत्कृष्ट भूकम्पगीतलाई पनि समावेश गरिने जनाइएको छ । त्यस्तै ‘बाल प्रोत्साहन सम्मान’बाट एक जना बालसंगीतकर्मी र ‘म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार’बाट एक जना संगीत पत्रकारलाई सम्मान गरिनेछ ।

प्रतिक्रिया