वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन, व्यवसायीका आ-आफ्नै एजेन्डा

मेरो स्वार्थ सदैव व्यवसायीको हितका लागि हुनेछ

विमल ढकाल अध्यक्षका उम्मेदवार

विमल ढकाल
अध्यक्षका उम्मेदवार

वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा प्रथम उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ, केके एजेन्डा छन् त ?

यो व्यवसाय निकै समस्याग्रस्त ढंगबाट गुज्रिरहेको छ । व्यवसायीले सहज रूपमा काम गर्नसक्ने अवस्था छैन । वैदेशिक रोजगार विभागले दैनिक गर्नुपर्ने काम जस्तै पूर्वस्वीकृति र अन्तिम स्वीकृतिमा निकै ढिलाइ भइरहेको छ । यो समस्या समाधान गर्दै दैनिक गर्ने काम कारबाही सहज रूपमा गर्न सक्ने वातावरण निर्माण गर्नेछौँ । यो मेरो पहिलो कर्तव्य हो । नारामा मिठो तर कार्यान्वयन गर्न असम्भव शून्य लागत मन्त्रालयले लागू गर्ने भनेको छ । तत्काल यो सम्भव छैन । सम्बन्धित देशमा श्रम सम्झौता गर्नुपर्छ । श्रम सम्झौता गर्दा शून्य लागतको कुरा उल्लेख गरे, कार्यान्वयन गर्न सकिन्छ । एकतर्फी रूपमा लागू गर्दा नेपालले पाउने कोटा गुम्नसक्ने भएका कारण तत्काल यसलाई रोक्न मेरो पहल कदमी हुनेछ । यस्तै संघलाई आमव्यवसायीको आप्नो संस्था हो भनेर अपनत्व फिल गराउनेछु । बैंक ग्यारेन्टी लागू गर्ने षड्यन्त्र भइरहेको छ, मेनपावरलाई वर्गीकरण गर्ने जुन षड्यन्त्र भइरहेको छ, त्यसलाई तत्काल रोक्नुपर्छ । ऐन संशोधन हुँदै छ । त्यसलाई कामदार र व्यवसाय मैत्री बनाउने मेरो एजेन्डा हो । त्यसतर्फ मेरो पलह कदमी हुनेछ ।

आसन्न निर्वाचनमा तपाईंलाई किन मत दिने ?

म व्यक्तिगत स्वार्थमा कहिल्यै पनि लाग्दिनँ, मेरो स्वार्थ सदैव कामदार र व्यवसायीको हितमा हुनेछ । अहिलेको नेतृत्वप्रति सबैको वितृष्णा छ । यसलाई हटाउनेछु । म नेतृत्वमा गएपछि आमव्यवसायीको हितमा काम गर्नेछु । सामूहिक स्वार्थमा लडने छु । व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिँदै सामूहिक स्वार्थमा दिलो ज्यान दिएर लाग्नेछु । व्यवसायीहरूले मेरो विगतदेखि हालसम्मको बुभ्mनुभएको छ । तसर्थ, उहाँहरूले मलाई मतदान गर्नुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।

संघमा देखिएको राजनीति अन्त्य गर्न के गर्नुपर्ला ?

संघको नेतृत्वमा गएका साथीहरूले कार्यक्षमताको अभावका कारण राजनीति हाबी भएको हो । निर्वाचनमा जाँदा यहाँ रहेका विभिन्न संघसंस्थाले आप्नो उम्मेदवार प्रस्ताव गर्ने परिपाटी छ । मलाई पनि फोरमले प्रस्ताव गरेको हो । निर्वाचनपछि कुनै पनि राजनीतिको गन्ध आउन दिनेछैन ।

“संघलाई राजनीतिक क्रीडास्थल बन्न दिन्न”

सरोज कुमार पोखरेल अध्यक्षका उम्मेदवार

सरोज कुमार पोखरेल
अध्यक्षका उम्मेदवार

वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ, के–के एजेन्डा छन् ?

हामीले मूलभूतरूपमा तीनवटा एजेन्डा राखेका छौँ । संघलाई अहिले संस्थागत ढंगले विकास गर्ने परिपाटी बसाउनु जरुरी छ । आम व्यवसायीको अपनत्व हुने किसिमको संस्था बनाउनु जरुरी छ ।
संघलाई साझा संस्थाको रूपमा विकास गर्न जरुरी छ । हालसम्म जेजति काम भए अपेक्षित रूपमा काम गर्न सकेनौँ । वैदेशिक रोजगार ऐन २०६४ ले यो व्यवसायलाई धान्न सक्ने अवस्था छैन । यसलाई समय सापेक्ष कामदारमैत्री र व्यवसायीमैत्री बनाउनुपर्छ । तेस्रो भनेको हाल बजारमा आएको बायोमेटिक« प्रणाली, भिएलएन, शून्य लागत जेजे कुरा आएका छन्, त्यसले कामदारमाथी व्ययभार थोपर्ने, व्यवसायीलाई झन्झटिलो बनाउने षड्यन्त्र भइरहेको छ । यसविरुद्ध आवाज उठाउनुपर्ने बेला भएको छ ।

तपाईंलाई नै व्यवसायीले किन मत दिने ?

वितगदेखि वर्तमानसम्म हाम्रो समूहले जेजति काम ग¥यो । जुन विषय उठान ग-यो । यो कुरालाई आम व्यवसायीले मनन गर्नुभएको छ । हामीबाहेक दुईवटा समूह छन् । उनीहरूले संघमा रहेर केही पनि गर्न सकेनन् । उनीहरू फेरि चुनावी मैदानमा देखिएका छन् । हामी फ्रेस छौँ । संघमा गएर व्यवसायी र कामदारका निम्ति केही गराँ, यो व्यवसायलाई सम्मानित मर्यादित बनाऔँ भन्ने अभियान लागेका छौँ । यसर्थ, व्यवसायीले हामीलाई मत दिने छन् ।

संघमा देखिएको राजनीति अन्त्य गर्न तपाईं निर्वाचित भएको खण्डमा कसरी पहल गर्नुहुन्छ ?

यो व्यवसायी संस्थाहरूको साझा संगठन हो । तसर्थल यसलाई साझा ढंगले विकास गर्नुपर्छ । सबै व्यवसायीका आआप्नै आस्था हुन्छन् । यस्ता आस्था आफ्नै ठाउँमा सीमित राखेर संघमा जानुपर्छ । हामी संघलाई राजनीतिक क्रीडास्थल हुन दिने छैनौँ ।

व्यवसायीको हकहितका कार्य नै मेरो जिम्मेवारी हो

कुमुद खनाल  प्रथम उपाध्यक्षका उम्मेदवार

कुमुद खनाल
प्रथम उपाध्यक्षका उम्मेदवार

वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा प्रथम उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ, तपाईंका केके एजेन्डा छन् त ?

अहिले शून्य लागत, बायोमेट्रिक, भिएलएनलगायत समस्याका कारण व्यवसायीहरूले काम गर्न नसक्ने अवस्था बनेको छ । यसमा मन्त्रालयको पनि साथ रहेको छ । यसलाई तत्काल हटाउनुपर्छ ।

व्यवसायीहरूले तपाईंलाई किन मत दिने ?

विगत साढे सात वर्षदेखि संघमा रहेर व्यवसायी र कामदारको हितमा काम गरिरहेको छु । मैले मन्दीका विषयमा, लिबियामा गएर उद्धार गर्ने, आईडी कार्ड दिलाउने, जापानको लाइसेन्स सबै व्यवसायीलाई दिलाउने, बायोमेट्रिकको सिन्डिकेटको विरोध गरेर एकैपटक १२ जनाले राजीनामा दिएर यो समयमा संघलाई निर्वाचन गराउन बाध्य बनाउने काम मेरो अग्रसरतामा भएको हो । आमव्यवसायीहरूले मैले गरेको काम हेरिरहनुभएको छ । मप्रति सबै व्यवसायी चिरपरिचित हुनुहुन्छ । तसर्थ, व्यवसायीले मलाई र मेरो समूहलाई फेरि एकपटक पूर्ण मत दिएर निर्वाचित गराउनुहुनेछ ।
विगतमा म व्यवसायीको हकहितका निम्ति सरकारसँग होस् या अन्तर्राष्ट्रिय क्षेत्रका अरू संघ संस्थासँग जसरी लडे, आउने समयमा पनि लडिरहनेछु । यदि नेतृत्व डगमगाएको खण्डमा त्यसलाई नंग्याउने काम गर्नेछु ।

यसअघि संघमा रहँदा तपाईंले केके काम गर्नुभयो, अब के गर्ने सोचमा हुनुहुन्छ ?

महासचिव हुँदा वैदेशिक रोजगार भलाइ कोष खडा गर्ने सोचमा थिएँ । यो कामदार र व्यवसायीको हितमा काम गर्ने कोष हो । बलबहादुर तामाङको नेतृत्वले पास पनि गरेको हो । मन्त्रिपरिषद्बाट पास हुने अवस्थामा पुगेको थियो । त्यो पूर्ण हुन सकेन । बलबहादुर तामाङले नेतृत्वदायी भूमिका नगरेका कारण यो हुन नसकेको हो । अहिले जुन शून्य लागतको आँधीबेहरी आइरहेको छ । यी सबै काम रोक्न मलाई कोषले सहयोग गर्छ ।

संघमा देखिएको राजनीतिलाई कसरी कम गर्न सकिन्छ ?

यो निर्वाचनमा पनि तीनवटा समूहले उम्मेदवारी दिएका छन् । संघमा समस्या देखिनुको कारण बढीमा ६० जना व्यवसायीको स्वार्थ हो । पहिला अध्यक्ष हुन नसकेकाहरूले चलखेल गर्ने गरेका छन् । यो राजनीतिकभन्दा पनि फोहरी खेल हो । राजनीति त फोरम, मञ्चले गर्छन् । संघमा आएर राजनीति गर्ने होइन, विशुद्ध व्यवसायीका हितमा काम गर्ने हो । यसपटक मलाई के विश्वास छ भने फोहरी राजनीति गर्ने एकमुष्टमा बढारिनेछन् ।

८० प्रतिशत समस्या समाधान गर्छु

रोहन गुरुङ महासचिवका उम्मेदवार

रोहन गुरुङ
महासचिवका उम्मेदवार

वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा महासचिवमा उम्मेदवारी दिनुभएको छ, के–के एजेन्डा छन् ?

म महासचिवमा निर्वाचित भएँ भने श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाका साथै वैदेशिक रोजगारसँग सम्बन्ध राख्ने सबै संघ, संस्थाको सहकार्यमा व्यवसायी र कामदारको हितमा काम गर्ने छु । हाल संघमा विभिन्न आस्था राख्ने व्यवसायीको जमात बढेको छ । त्यस्ता व्यवसायीलाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । यस्तै, अग्रज व्यवसायीको सम्मान गर्दै अगाडि बढ्नुपर्ने जरुरी छ । महासचिवले सबैलाई समेटेर लैजानुपर्ने बाध्यकारी अवस्था आउन सक्छ । सबै व्यसायी मित्रसँग मेरो राम्रो सम्बन्ध भएका काण मेरो जित सुनिश्चित छ । सबै व्यवसायीको समस्या समाधान गर्ने हैसियत राख्छु । त्यसका लागि मलाई व्यवसायीले मत दिएर जिताउनु हुनेछ । म उहाँहरूको मतको सम्मना गर्नेछु ।

यसअघि महासचिव भइसक्नुभएको छ, निर्वाचित भएको खण्डमा यसअघि गर्न नसकेका काम गर्छु भन्ने लागेको छैन ?

यसअघि लगभग साढे तीन महिना संघको महासचिव भएर काम गरँ । महासचिव भएपछि मैले र मेरो समूहले वैदेशिक रोजगार विभागबाट पूर्वश्रम स्वीकृत लिँदा माग पत्रमा उल्लेख भएको पद र भिसामा उल्लेख भएको पद हुबहु भएको खण्डमा मात्र अन्तिम श्रम स्वीकृत दिने ऐनको दफा–उप दफाका कारण व्यवसायीलाई काम गर्न समस्या थियो । यो अवस्थामा हामीले लगभग १३ दिन मन्त्रालयको वैदेशिक रोजगार महाशाखा प्रमुख बुद्धिबहादुर खडकालगायतसँग बस्यौँ, छलफल ग-यौँ । अन्त्यमा समान कार्यक्षेत्र भएको खण्डमा हुबहु मानेर अन्तिम श्रम स्वीकृत निकाल्न सफल भइयो । त्यसकारण हाल मात्र पत्रमा लेबर भनेर उल्लेख भएर भिसामा हेल्पर भनेर आए पनि एउटै प्रकृतिको काम भएपछि अन्तिम श्रम स्वीकृत निस्कने गरेको छ ।
यस्तै, विगभाका महानिर्देशकले हस्ताक्षर गरेपछि मात्र पूर्वश्रम स्वीकृत निस्कने व्यवस्था थियो । यसले गर्दा पूर्व निकाल्न एक डेढ महिनासम्म लाग्ने गरेको थियो । व्यवसायीलाई काम गर्न समस्या भएको अवस्थामा विभागलाई चार शाखामा विभाजन गरियो । अहिले काठमाडौं, मलेसिया, साउदी र कतार शाखा सञ्चालनमा आएपछि शाखा अधिकृतले अन्तिम र निर्देशकले पूर्वस्विकृत दिने व्यवस्था गरेपछि कर्मचारी इमानदार बनेको खण्डमा बढीमा एक सातामा पूर्व र अन्तिम श्रम स्विकृत पाउन सकिन्छ । छोटो समयमा नै भए पनि यति काम गरियो । व्यवसायीको आफ्नो भवन नभएको समयमा आफ्नै भवन बनाउने काममा लागि परियो ।

के कारण व्यवसायीले तपाईंलाई मत दिने ?

म मध्यम वर्गको व्यवसायी हुँ । मैले विगत पाँच वर्षदेखि संघमा कुनै पनि राजनीति हुनुहँदैन् भनेर लागिपरेको छु । यसका लागि मैले फोरम, मञ्च, तमुधिःलगायत व्यवसायीलाई यो विषयमा ध्यानाकर्षण गराइरहेको छु ।
विगतमा संघमा नेतृत्व लिएर बसेकाले के कारणले हो कुनै पनि नीतिगत निर्णय गर्न सकेनन् । वैदेशिक रोजगार ऐनदेखि व्यवासयीले दैनिक गर्ने कामममा समस्या छन् । म महासचिव भएको खण्डमा तीन महिनामा व्यवसायीका ८० प्रतिशत समस्या समाधान गर्न पहल गर्नेछु । अहिले फ्री, भिसा फ्री टिकटको नाममा राज्यमन्त्रीज्यूले एकलौटी रूपमा व्यवासयीसँग कुनै पनि छलफल नै नगरी २१ असारबाट लागू गर्ने निर्णय गर्नुभएको छ ।

तपाईंहरूको प्यानलको एजेन्डा के छ ?

हामीले १९ बुँदे घोषणा पत्र ल्याएका छौँ । जससमा हामी निर्वाचित भएको खण्डमा विभागमा पर्ने गरेका मेनपावरविरुद्धका उजुरी संघमा कानुनी सल्लाहकार राखेर उक्त उजुरीको फरफारक गर्ने काम गर्ने छौँ । यो काम विभागले गर्नुपर्दैन । यो हाम्रो प्रतिबद्वता हो । व्यवासयी विभिन्न देशमा बजार प्रवद्र्धन गर्न जाने गर्छन् । यो काम धेरै खर्चिलो छ । गए पनि डिमान्ड पाउने कुनै ग्यारेन्टी छैन । हामी संघमा गएको खण्डमा खाडी देश र मलेसियामा सामूहिक विज्ञापन गर्ने छाँै । त्यो विज्ञापन संघको वेबसाइडमा राखिनेछ । सम्बिन्धत देशलाई कामदार चाहिएको खण्डमा वेबसाइट हेर्नेछन् । सबै व्यवसायीको नाम लिस्ट त्यहाँ हुन्छ । आवश्यक कागजाबारे पनि त्यहाँ नै उल्लेख गरिन्छ । हाल संघको मासिक साढे तीन लाख रूपैयाँ बराबरको खर्च छ । यसमा पाँच सय लेबी र एक छात्रवृत्ति लिने गरेका छौँ ।

विदेश जाने कामदारलाई सहजीकरण गर्छु

कमल तामाङ महासचिवका उम्मेदवार

कमल तामाङ
महासचिवका उम्मेदवार

वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिनुभएको छ, तपाईंका केके एजेन्डा छन् त ?

हामीले ऐनका कुरा, सम्बन्धित दूतावासको भूमिका प्रभावकारी बनाउने, विभाग, मन्त्रालय र अध्यागमन विभागले कामदारलाई समयसमयमा दिने दुःखलगायत समस्या समाधान गर्न प्रयत्न गर्नेछौँ । विभागमा देखिएको समस्या, महिला कामदारका समस्या, थप २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने, मेनपावर वर्गीकरणका कुराहरू रहेका छन् । यी समस्या तत्काल समाधान गर्नुपर्छ । शून्य लागत सुन्दा जति राम्रो छ, यसको वास्तविकताको गहिराइमा पुगेर समस्या समाधान गर्ने विषयमा प्रयत्न गर्नेछौँ । विदेश जाने कामदारलाई कसरी सहजीकरण गर्ने भन्ने हाम्रो मुख्य मुद्दा हो । हिजो पनि यस्तै काम गरियो भोलि पनि यस्तै काम गर्नेछौँ ।

तपाईंलाई महासचिवमा किन व्यवसायीले मत दिने ?

व्यवसायीका समस्या समाधान गर्ने, कामदारको हितमा काम गर्ने, व्यवसायीको घाउमा मलम लगाउने व्यक्ति कमल तामाङ हो । यसअघि संघमा दिएको योगदानका विषयलाई हेरेर पनि मत दिनुहुनेछ । अहिलेका महासचिवलाई संघका काम कारबाहीको बारेमा खासै जानकारी छैन ।

तपाईं यसअघि पनि महासचिव हुनुहुन्थ्यो, त्यस बेला के गर्नुभयो र अब के गर्ने योजनामा हुनुहुन्छ ?

यसअघि पनि काम गर्ने सवालमा नेतृत्व तहले काम गर्न नदिएपछि क्षमतावान् व्यक्ति कुण्ठित भएर बस्नुप¥यो । जोश र जाँगर हुँदाहुँदै काम गर्न नसकेको हो । नेतृत्वका कारण र व्यवसायी एक नहुनुका कारण त्यस्तो भयो । कहिले राजीनामा दिनुपर्ने, संघलाई मान्ने/नमान्ने भन्ने विषयले नै काम गर्न पाइएन ।

व्यवसायीले लगनशीलता हेरेर मत दिनुहुनेछ

राजेन्द्र भण्डारी सचिव पदका उम्मेदवार

राजेन्द्र भण्डारी
सचिव पदका उम्मेदवार

वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा सचिवमा उम्मेदवारी दिनुभएको छ, के–के एजेन्डा छन् ?

पछिल्लो समयमा व्यवसायीमाथि मन्त्री गुरुङले व्यक्तिगत र कर्मचारीको सहयोगमा चौतर्फ आक्रमण गर्ने काम भइरहेको छ । त्यसविरुद्ध लागिपरेको छु । पछिल्लो समयमा शून्य लागत जुन सुन्दा राम्रो लाग्छ । यसमा आफ्नो स्वार्थ राखी नेपाली कामदार बन्द गर्ने योजनाका साथ नेपाली कामदार जान बन्द गरी तेस्रो देशमा पठाउने नियतका साथ जुन काम गरेको छ, त्यसका कुनै न कुनै स्वार्थ छन् । त्यसको विरोधमा हामी लाग्नेछौँ । यो व्यवसायलाई व्यावसायिक बनाउन लाग्नेछौँ । यो समूहमा निकै ऊर्जावान् व्यक्तिको उपस्थिति छ । जो व्यवसाय गरेर खारिएका, व्यवसायीको प्रहारलाई रोक्न सक्नेको जमात छ । कामदारको हितमा काम गर्ने, यो व्यवसायीलाई सुरक्षित र मर्यादित बनाउने, कामदारको हितमा लडने छौँ । यसका साथै कानुन समयसापेक्ष नहुदाँ यसलाई समयसापेक्ष बनाउने प्रमुख एजेन्डा हो ।

तपाईं पहिला पनि संघमा रहेर काम गर्नुभयो, त्यो समयमा के –के काम गर्न सकियो, अब के गर्ने योजनामा हुनुहुन्छ ?

आम व्यवसायीलाई थाहा छ, जसले मलाई निर्वाचित गरेर पठाउनुभयो, बलबहादुर तामाङ अध्यक्ष हुँदा मलाई आम व्यवसायीले जिताएर पठाउनुभएको हो । त्यो कार्यकाल त्यति सुखद रहेन । निर्वाचित भएको भोलिपल्ट नै खुट्टा तान्ने काम भयो । तैपनि, हामीले व्यवासयी र कामदारको हितमा नै काम ग¥याँै । तत्कालीन समयमा मलाई मलेसिया हेर्ने गरी मलेसियन संयोजक बनाइएको थियो । तत्कालीन समयमा कामदारमाथि आर्थिक भार थोपिने र राष्ट्र घात हुने गरी बायोमेट्रिक, भिएलएनविरुद्ध लागि नै रह्याँ । यद्यपि, खारेजी गर्न सकिएन् । तत्कालीन समयमा हामीले मलेसियन दूतावासमा मर्यादित रूपमा विरोध ग¥याँै । केही व्यवासयी विरोधी तत्वहरूले विरोध अमर्यादित छ, त्यहाँ जानुहँुदैन भनेर व्यवसायीई भाँड्ने काम गरे । हामीले जे ग-याँ, त्यो कामदार र व्यवसायीको हितमा थियो ।

निर्वाचनमा तपाईंलाई व्यवसायीले किन मत दिने ?

यसअघि मैले गरेको कामको विषयमा आम व्यवसायीले मूल्यांकन गर्नु नै भएको छ । यसअघि आपूलाई मैले व्यवसायीको पक्षमा मन, वचन र कर्मले लडने काम गरे । अझै पनि काम सोही रूपमा काम गर्ने नै छु, मलाई विश्वास छ, व्यवसायी र कामदारको हितमा काम गर्नेलाई आम व्यवासायीले मत दिनु हुनेछ ।

प्रतिक्रिया