ठोरी : एक हातले पित्तल दान, अर्को हातले सुन तान

Bharat-Dahal

– भरत दाहाल

तत्कालीन राजा वीरेन्द्रसँग सुरक्षा, सुपुर्दगी, हतियार खरिदबारेको माग पूरा नभएपछि नाकाबन्दी लगाएर गणेशमानसिंको प्रांगणमा भारतीय नेताहरू आएर वीरेन्द्रका विरुद्धमा उक्साएकोे घटना, भारतीय स्वार्थका विपरीत काम नगर्ने भनी प्रचण्ड–बाबुरामका हातबाट ०५९ सालमा दिल्लीमा बिन्तिपत्र हाल्न लगाएर सहयोग गर्ने र अर्कोतिर सोही समयमा माओवादीलाई आतंककारी घोषित गरेर राज्य पक्षलाई हतियार बिक्री गर्ने गरेको घटना र १२ बुँदेमा सबैलाई जुटाएको नाममा जन्मको नागरिकता ऐन पारित गराएको घटना यस्ता उदाहरणहरू हुन् । पहिलेदेखि चल्दै आएका बासी खेलहरूका अतिरिक्त, संविधान जारी गर्ने भनी सुरु भएको वर्तमान चरणमा भारतले आजसम्मको इतिहासमा नदेखाएको ठोरीको अतिक्रमित नेपाली जमिन फिर्ता गर्ने ‘सदासयता’ देखाएको छ । यो सदासयता उक्त जमिन फिर्ता गर्नेबारे कुनै प्रक्रिया नचलेको अवस्थामा देखिएकाले झनै रहस्यमय बन्न पुगेको छ ।

प्रतिक्रिया