व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन सुरु

biccकाठमाडौं, १५ असार । व्यवस्थापिका–संसद्को बर्खे अर्थात बजेट अधिवेशन आजदेखि सुरु भएको छ ।

बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवद्वारा पठाइएको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाएका थिए ।

अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७२/७३ को बजेट पेस हुनेछ ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार १६ गते बिहान साढे ११ बजे बस्ने कार्यक्रम छ ।

प्रतिक्रिया