काठमाडौं । प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न सक्रियताका साथ आफ्नो काम गर्छ भन्ने कुरा सबैलाई सर्वविदितै हो । तर, विपत्ति र प्राकृतिक प्रकोपको बेला पनि उनीहरू सुरक्षासँगै अन्य सामाजिक काममा पनि सक्रिय बन्ने गर्दछन् । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि त्रास र आशमा बसेका पीडितलाई मनोवैज्ञानिक रूपमा दरिलो बनाउन प्रहरीहरू विभिन्न स्थानमा परिचालित भई सांस्कृतिकसँगै जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् । भूकम्पपश्चात् बढन सक्ने महिला तथा बालबालिकाविरुद्धको अपराध नियन्त्रणलाई सँगै डोहो¥याएर प्रहरीहरू विभिन्न गाउँ पुगेर चेतना बाँड्न सक्रिय छन् ।
नेपाल प्रहरी संगीत विद्यालयको सांस्कृतिक टोलीले विभिन्न जिल्लाका प्रहरी कार्यालयसँगको समन्वय गर्दै भूकम्प प्रभावित ग्रामीण बस्तीहरूमा पुगेर मनोरञ्जनात्मक कार्यक्रमसँगै महिला तथा बालवालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न सचेतना जगाउने अभियानलाई तीव्रता दिएको छ ।
यसैक्रममा ‘बुझौँ र बचौँ’ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय धादिङका ३ वटै निर्वाचन क्षेत्रलाई समेटने गरी टोलीले हालै सचेतनामूलक कार्यक्रम गरेको छ । उनीहरूले मैदी गाविस–७ स्थित मैदी संस्कृत उच्च माध्यमिक विद्यालय, सल्यानटार गाविस–४ स्थित रानीपौवा उच्च माध्यमिक विद्यालय र थाक्रे गाविस–३ स्थित जनजागृत उच्च माध्यमिक विद्यालयलगायतका स्थानहरूमा मनोरञ्जनसँगै चेतनामूलक कार्यक्रम गरेको थियो ।
धादिङका प्रमुख प्रहरी नायवउपरीक्षक प्रकाश मल्लले भूकम्पका कारणले समेत उत्पन्न तनावलाई कम गर्न र आपराधिक कार्यबाट जोगिन कार्यक्रम गरिएको बताए । कार्यक्रममा प्रहरीले गीत मात्र गाएनन्, आपूmहरूले गाएको गीतमा दर्शकलाई पनि नचाए, आपूm पनि नाँचे । भूकम्पको पीडाबाट आहत बनेका सर्वसाधारण पनि केही समयका लागि तनावबाट मुक्त हुन दिल खोलेर प्रहरीसँग नाँचे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिले पनि मनोरञ्जन लिएका थिए । प्रनाउ मल्लले सचेतना कार्यक्रमबाट महिला तथा बालबालिकाविरुद्धका अपराधमा कमी आउने, मानव बेचबिखनका अपराधहरूमा कमी आउने, अपराध र असुरक्षित आप्रवासनसम्बन्धमा जनचेतनामा अभिवृद्धि हुने, जनतामा प्रहरीप्रतिको सकारात्मक सोचाइमा वृद्धि हुने, अन्य सरकारी कार्यालय, गैरसरकारी संघसंस्थासँगको समन्वय र सहकार्यमा सुमधुर सम्बन्ध स्थापित हुने अपेक्षा राखिएको जनाए ।
प्रतिक्रिया