विद्यार्थीलाई कलेज छान्न नै सकस, काउन्सिलिङको आवश्यकता

Ketiharuकाठमाडौं, १४ असार । नयाँ बस्तीस्थित चाल्र्स डार्बिन स्कुलबाट यस वर्षको एसएलसीमा ८२ प्रतिशत अंक ल्याएका विधान पौडेलले उच्च शिक्षा अध्ययनका लागि कलेज छान्न लागेको एक हप्ता भयो । एसएलसीको रिजल्ट आएलगत्तै उनी आफू पढ्ने कलेजको खोजीमा लागेक हुन् । अहिलेसम्म ७ जति कलेज धाइसकेका विधान कुन कलेज पढ्ने भन्ने दुविधामा छन् ।

यस्तै एसियन पब्लिक अनामनगरबाट एसएलसीमा ९० प्रतिशत अंक ल्याएकी आस्मा सिवाकोटी पनि अहिले कुन कलेज पढ्ने भन्ने दोधारमा छिन् । उनीहरू जस्ता अहिले राम्रो अंक ल्याएका विद्यार्थीलाई कलेज छान्न समस्या परेको हो । राम्रा नाम चलेका कलेज भए पनि विद्यार्थीलाई कुन कजेज छान्ने भने गाह्रो हुने गरेको छ । कलेज धाउँदा कतै शिक्षक राम्रा, कतै सुविधा, कतै कलेजको नाम राम्राले विद्यार्थी समस्यामा पर्ने गरेका हुन् । ४ जना साथीसँग उनी राम्रा नाम चलेका कलेजमा धाइन् । तर, अहिलेसम्म कुन कलेज पढ्ने भन्ने निश्चित गरिसकेकी छैनन् । उनले त्रिनेट्री, काठमाडां मोडेल, लोयला पुरोनो वानेश्वर, सेन्ज जेभियर कलेज धाइएकी छन् । मेघा कलेजको अवस्सथाबारे बुझ्न कलेज अगाडि ४ जना साथीसँग भेटिएकी आस्माले भनिन, ‘जुन कलेज गयो उस्तै लाग्छ, खै कुन कलेज पढ्ने हो ।’ साइन्स पढ्न भनेर उनी राम्रो कलेजको खोजीमा छन् । तर, उनले आफू गएका तिनै कलेजमध्ये एकमा पढ्ने बताउँछिन् । साइन्स पढ्ने भएकाले उनी सस्तो राम्रा कलेजको खोजीमा छिन् ।
पढाइ, वातावरण, प्रयोगशाला उस्तै भएकाले अहिले विद्यार्थीलाई कुन कलेज छान्दा उपयुक्त हुन्छ भन्ने दोधारमा परेका हुन् । विद्यार्थीलाई कलेजबारे थाहा पाउँदा पनि म यो कलेजमा पढ्छु भन्ने भन्न सक्दैनन् । ‘एउटामा गए एउटा राम्रो लाग्छ, अर्कोमा गए अर्को राम्रो लाग्छ कुन कलेज पढ्ने भन्नेमा समस्या परेको छु’ विधान भन्छन, ‘एक हप्ता भयो कलेज डुलेको तर अझै डिसिजन गर्न सकेको छैन ।’
शिक्षाविद् तीर्थ खनियाँले विद्यार्थीलाई कलेज कसरी छान्ने भन्ने काउन्सिलिङ नभएर समस्यमा परेको बताउँछन् । उनले भने, ‘विद्यार्थीले कलेज छान्नेभन्दा बिल्डिङ छान्ने गरेको बताउँछन् ।’ ‘विद्यार्थीलाई पाठ्यक्रममा भएका सबै कुरा पढाइन्छ’ उनले भने, ‘तर, कस्तो कलेज पढ्ने भनेर काउन्सिलिङ गरिन्न ।’ उनले एक दुई घन्टाको छुट्टै उच्च शिक्षाका लागि कलेज छनोट काउन्सिलिङ गर्नुपर्ने बताउँछन् ।
परीक्षा प्रणाली नै बेठीक हो त ?
शिक्षाविद् अहिलेको परीक्षा प्रणालीमा कुनै त्रुटि नभएको बताउँछन् । उनीहरूले संसारभरि लागू हुने प्रणालीअनुसार नै एसएलसीमा विद्यार्थीले परीक्षा लिएको बताउँछन् ।
शिक्षाविद् डा. विद्यानाथ कोइराला परीक्षा प्रणाली नभएर शिक्षकको पढाउने कलामा सुधार गर्नुपर्ने बताउँछन् । उनले प्रणाली गलत भए निजीका पनि कम पास हुनुपर्ने बताउँछन् । त्यही प्रणालीमा निजीका धेरै पास हुने अनि सामुदायिका कम पास हुने उनी भन्छन् पढाउने शिक्षकले नपढाएर फेल भएका हुन् । प्रणालीलाई दोष दिन मिल्दैन ।
उनीहरूले परीक्षामा किन विद्यार्थी बढी फेल भए भन्नेबारे अनुसन्धान नगरेर प्रणालीलाई दोष थुपार्न खोजेको बताउँछन् । अर्का शिक्षाविद् मनप्रसाद वाग्लेले प्रणालीको कुनै दोष नभई फेल भएकाबारे अनुसन्धान नगर्दा वर्षेनि नजिता खस्कँदो गएको बताउँछन् । उनले कापी परीक्षण गर्ने गलत प्रक्रियाका कारण बढी फेल भएको बताउँछन् ।

प्रतिक्रिया