साइरस सेक्सियस्ट भेजिटेरियन सेलिब्रेटी

Myleलसएन्जल्स । हलिउड पपस्टार माइली साइरसलाई पेटाले सन् २०१५ को ‘सेक्सियस्ट भेजिटेरियन सेलिब्रेटी’को उपाधि दिएको छ । २२ वर्षीया साइरसले सूचीमा एरियन ग्रेन्ड, एली गाल्डिङ, प्रिन्स, रिचर्ड लिंकलेटरलाई पछि पारेकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साइरसले एउटा गीत सुनेपछि शाकाहारी बन्ने पैसला गरेकी थिइन् । जनावरको अधिकारका लागि काम गर्ने संस्था पेटाले यो साइरसको क्रियाकलाप र शाकाहारी बन्ने उनको निर्णयको कदर गर्दै ‘सेक्सिएस्ट भेजिटेरियन सेलिब्रेटी’को उपाधि दिएको जनाएको छ ।
साइरसले हालै एउटा फोटो सामाजिक सञ्जालमा राखेकी थिइन् । उक्त फोटोको क्याप्सनमा उनले ‘लसएन्जल्समा एउटा बिलासी साकाहारी जीवन, यहाँ तपार्इंहरूको लागि फलपूmल सब्जीलगायतको सुविधा दिन्छ’ भन्दै क्याप्सन लेखेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया