निर्माता बने सानु

Nalayakकाठमाडौं । पछिल्लो समयमा नेपालमा लामो समयदेखि मनोरञ्जनका विषयमा कलम चलाउँदै आएका रंग पत्रकारहरू फिल्म निर्देशनमा लाग्न थालेका छन् । पत्रकार विजयरत्न तुलाधर, डब्बु क्षेत्री, सुब्रत आचार्य र लक्ष्मण सुवेदीले फिल्म निर्देशन गरिसकेका बेला अर्का रंगपत्रकार सानुकाजी श्रेष्ठ पनि निर्माताका रूपमा दर्शकमाझ आउने भएका छन् । उनी उत्तरगया फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘नालायक’ मा कार्यकारी निर्माता भएका हुन् ।
उत्तरगयाको छैटौँ प्रस्तुती रहेको फिल्मको हाल राजधानीको विभिन्न स्थानमा छायांकन भइरहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित एक्सनप्रधान फिल्ममा राजेश ढुंगाना, खुश्वु खड्का, श्यामकुमार मिश्र, सोनम थापा, पदम गाहा, उत्तम केसी, खिमान थापा, ममता शर्मा, बालदीप राई, मञ्जु श्रेष्ठ, बाबु रोकामगरलगायतका कलाकारले अभिनय गरिरहेका छन् । रामभक्त श्रेष्ठ निर्देशक रहेको फिल्ममा पदम गाहा प्रस्तुतकर्ता र खिमान थापा निर्माता छन् । (सौस)

प्रतिक्रिया