सुतेकी वृद्धालाई महतोले आक्रमण गरे

कावासोती, ११ असार । नवलपरासीमा बोक्सीको आरोपमा एक युवकले महिलालाई कुटेका छन् ।

कोल्हुवा–८ ढेडाकी ६९ वर्षीया सोमकुमारी महतोलाई सोही ठाउँका युवक लालबहादुर थनेतले बोक्सीको आरोपमा कुटेर हात भाँचिदिएका हुन् ।

बिहीबार राति घरमा सुतिरहेकी महतोलाई ढोका खोल्न लगाइ एक्कासि हातपात गरेको सोमकुमारीका छोरा कुलबहादुर महतोले बताए ।

बोक्सीको आरोपमा कुटिएपछि थनेतलाई कारबाहीको माग गर्दै प्रहरी चौकी कोल्हुवामा उजुरी परेको छ ।

‘बोक्सीको आरोपमा कुटिएको भन्दै उजुरी आएको छ’, चौकीका इञ्चार्ज राजेन्द्र बस्नेतले भने, ‘अनुसन्धानबाट कामलाई अगाडि बढाइने छ ।’

कुटपिट गर्ने लालबहादुर थनेत भने फरार रहेको प्रहरीले जनाएको छ ।

सोमकुमारीको मध्यबिन्दु अस्पताल डन्डामा उपचार भएपछि घर फर्किएको परिवारले जनाएको छ ।

प्रतिक्रिया