साउदीका नेपालीको ८ लाख सहयोग

AL-SAFI-Saudi-Nepalकाठमाडौं । भूकम्पपीडित नेपालीहरुलाई सघाउन साउदी अरबको अलसाफी डेरी फर्ममा कार्यरत नेपालीहरु र होटल तनहुँ ब्यासले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ८ लाख ५० हजार ५सय ५ रुपैयाको चेक होटलका सञ्चालक दीपक(हिमकुमार) मल्लले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य गोविन्द भट्टराईका साथै दाताहरु रेशम गूरुङ्ग, मञ्जिल श्रेष्ठ, बी.एन.जोशी, सीता गुरुङ्ग, रविना मल्ल,शुक्र गिरी र होमबहादुर आले मगर पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया