तटबन्धन निर्माणमा ढिलाइ

महेन्द्रनगर । तटबन्ध निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको भए पनि कामको जिम्मा पाएको ठेकेदार कम्पनीले बेवास्ता गर्दा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–७ सिमलफाँटामा तटबन्ध निर्माणको काम पूरा हुन सकेको छैन ।

तटबन्ध अधुरै रहेपछि स्थानीयवासी यसवर्ष पनि स्याली नदीमा आउने बाढीको चपेटमा पर्ने भएका छन् । जनताको तटबन्ध फिल्ड कार्यालय नम्बर–७ भीमदत्तनगरले स्याली नदी किनारमा चार सय मिटर तटबन्ध निर्माण गर्न ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो । तर, तटबन्ध निर्माणको जिम्मा पाएको ‘मालिका निर्माण सेवा’ले ढुंगा आपूर्ती गर्न नसक्दा तटबन्ध निर्माण समयमा गर्न नसकिएको जनाएको छ । तटबन्धको काम नहुने भएपछि स्थानीयवासीले जनताको तटबन्ध कार्यक्रमको सहयोगमा अस्थायी तटबन्ध निर्माण गर्न थालेका छन् । गत फागुनमा जनताको तटबन्ध कार्यालयसँग मालिका निर्माण सेवाले एक करोड ४५ लाखमा तटबन्ध निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो । तर, ठेक्का पाएको निर्माण सेवाले बीचमै काम छाडेको छ । काम अधुरो छाडेपछि यसवर्ष पनि नदी कटानले आपूmहरू पीडित बन्ने सिमलफाँटाका स्थानीय देवदत्त जोशीले पीडा पोखे ।
‘ठूलो रकममा यसवर्ष राम्रो काम हुने भयो भनेर सबै पीडित खुसी थियाँै तर ठेकेदारले झन दुुःखित बनायो’ उनले भने । स्थानीयवासीले निर्माण कम्पनीलाई खोलाबाट ढुंगा उपलब्ध गराए पनि काम नगरेको आरोपसमेत लगाएका छन् । स्थानयीयवासीले ठेक्का सम्झौता अनुसारको तटबन्ध समयमै पूरा गर्न माग गर्दै आएका छन् ।
ठेकेदारले काम नगरेपछि स्थानीयले बोरामा माटो भरेर अस्थायी तटबन्ध निर्माणको काम अघि बढाएका छन् । (सौस)

प्रतिक्रिया