राखेप सदस्य सचिवमा एमालेका विष्ट नियुक्त

Keshav-Bistaकाठमाडौं, १० असार । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव विष्टलाई नियुक्त गरेको छ ।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विष्टलाई नयाँ सदस्य–सचिवमा आज नियुक्त गरेका हुन् ।

यसअघि मन्त्री पौडेलले कार्यबाहक सदस्य सचिवको जिम्मेवारी सकुन्तला नगरकोटीलाई दिएका थिए ।

एमालेका वरिष्ठ नेता मावधकुमार नेपाल निकटका मानिने विष्ट खेलकुदमन्त्री पौडेलले राष्ट्रिय खेलकुद विकास ऐन २०४८ अनुसार सदस्यमा नियुक्त गरी सदस्य–सचिव बनाएका हुन् ।

त्यसै गरी मन्त्री पौडेलले आजै परिषद सदस्यमा राजेन्द्र श्रेष्ठ र समिउल्लाहलाई पनि सदस्यमा नियुक्त गरेका छन् ।

प्रतिक्रिया