समाचारप्रति गम्भीर आपत्ति

२०७२ असार ९ गते सौर्य दैनिकमा प्रकाशित एलबी मगर नामक पत्रकारले लेखेको ‘आफ्नै निर्देशिका मिच्दै शान्ति समिति’ भन्ने शीर्षकको समाचारप्रति गम्भीर आपत्ति जनाउन चाहन्छु ।

समितिका सदस्यहरू मध्येबाट ६/६ महिनामा संयोजक परिर्वतन गरिनु नगरिनु शान्ति समितिको अधिकारमा निहीत कुरा हो ।

आजसम्म रोल्पाको स्थानीय शान्ति समितिमा शतप्रतिशत एजेन्डाहरू सर्वसहमत पारित भएका छन् ।

अमुक सदस्यको हवाला दिएर अटेर गरेको भन्नु आरोप मात्र नभई पूर्वाग्रहीको सोचको प्रकास्टा हो ।

स्थानीय शान्ति समिति रोल्पामा निर्देशिका अनुसार सहमतिबाटै आलोपालो संयोजक परिवर्तन भइरहेको यर्थाथतालाई घुमाउन खोजेको प्रमाण दिन चाहन्छु ।

माधवप्रसाद आचार्य ११ महिना १९ दिन, ऋषिराम रोका ११ महिना ११ दिन, टीकाकुमारी थापा नौ महिना, मानबहादुर वाठा १० महिना र घनश्याम आचार्य सात महिना सर्वसम्मत रूपमै संयोजक भई सफलतापूर्वक भूमिका निभाएको तथ्य लुकाएर सम्प्रेषित समाचार आफैँमा आलोचित छ ।

अमुक तथा कपोलकल्पित स्रोत जसले म भित्रको मनसाय कसरि बुझ्यो ‘आर्थिक वर्ष ०७१/७२ को वर्षिक बजेट फरफारक नगर्दासम्म संयोजकको पद हस्तान्तरण नगर्ने मनसाय’ ।

कृपया तथ्यभित्रको सत्यलाई ध्यान दिएर समाचार प्रकाशन गर्न हुन विनम्र अनुरोध गर्दछु ।

– दिनेश सुवेदी
संयोजक
स्थानीय शान्ति समिति, रोल्पा

प्रतिक्रिया