दोहामा इद फितर धमाका

salinaकाठमाडौं । कतारको दोहामा ‘इद फितर त्रिपल धमाका’ हुने भएको छ । आगामी जुलाई तेस्रो साता हुने विशेष सांगीतिक कार्यक्रममा नेपाल, भारत र कतारका कलाकारले प्रस्तुति दिनेछन् ।
एजे इन्टरटेनमेन्ट दोहाले आयोजना गर्न लागको कार्यक्रममा सेलिना कुँवर, संगीतकार सन्तोषराज साहनी, नम्रता सापकोटा, प्रतिमा चौधरी, समिता गिरी र अपेक्षा बस्यालको सहभागिता हुनेछ । कार्यक्रममा भारतबाट भोजपुरी कलाकार मोनासिला, सुवी शर्मा र काजल रघवानीले पनि सहभागिता जनाउनेछन् ।
मलेसिया र दोहामा यसअघि भएका सांगीतिक कार्यक्रममा उपस्थिति जनाइसकेकी गायिका कुँवरले यस्ता कार्यक्रमले नेपाली कला संगीत क्षेत्रको विकास र विस्तारमा सहयोग पुर्‍याउने गरेको बताइन् । झन्डै दुई दर्जन गीतमा आवाज दिइसकेकी शेलिनाले छिट्टै ‘उनलाई दुख्दा व्यर्थैमा पो मेरो आँशु खस्दो रै’छ’ बोलको गीत ल्याउने भएकी छिन् । गीत मुम्बईमा रेकर्ड हुन लागेको छ । चर्चित संगीतकार सन्तोष राजले नेपाली, हिन्दी र भोजपुरी गरी करिब चार सय गीतमा संगीत भरिसकेका छन् ।
दोहाको सांगीतिक कार्यक्रमलगत्तै सेप्टेम्बरमा कतारमा हुने बलिउड मिक्स सोको तयारी गरिने संगीतकार सन्तोष राजले बताए । अन्टु र सन्तोषराज मिलेर कतारमा हिन्दी फिल्मको मिक्स सोको तयारी गरिन लागको हो । (सौस)

प्रतिक्रिया