बाजुरा । चट्याङ लागेर घाइते भएका जिल्लाको जुकोट गाविसका चारै जनाको उपचारमा समस्या देखिएको छ । जुकोट स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा उनीहरूको उपचारमा समस्या भएको घाइतेमध्ये सुन्जरा रोकायाका पति वीरबहादुर रोकायाले गुनासो गरे । जुकोट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी तालिमका लागि मार्तडीमा रहेको बताइएको छ ।
उनीहरूलाई कोल्टी ल्याइने भनिए पनि चार जनालाई बोकेर ल्याउने कोही नभएपछि घरमै राखिएको रोकायाले बताउँछन् । बोक्नलेलाई दिने पैसा छैन्, एक्लैले सकिएन्, त्यसैले घरमै राख्नु परेको हो, रोकायाले भने । शनिबार बेलुका परेको चट्याङ लागेर जुकोट–८ र ९ का चार घाइते भएका हुन् । घाइते हुनेमा १२ वर्षीया कलसा रोकाया, २२ वर्षीया गोमा रोकाया, २२ वर्षीया कल्पना रोकाया र ३० वर्षीया सुन्जिरा रोकाया रहेका छन् । घाइते चारै जनाको हातको पाखुराभन्दा तलको अधिकांश भाग जलेर घाउ लागेको छ । (सौस)
प्रतिक्रिया