काठमाडौं, ६ असार । कास्की जिल्लाबाट एसएलसी परीक्षामा ७१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन् । यो अघिल्लो वर्षको तुलनामा करिब पाँच प्रतिशतले बढी हो । जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार परीक्षामा नियमिततर्पm नौ हजार पाँच सय ५१ परीक्षार्थी सहभागी भएकामा ६ हजार आठ सय ६७ उत्तीर्ण भएका छन् ।
तीमध्ये एक हजार एक सय ९८ विशिष्ट, चार हजार दुई सय सात प्रथम, एक हजार चार सय ३३ द्वितीय र २९ परीक्षार्थी तृतीय श्रेणीमा उत्तीर्ण भएका हुन् । सहभागी परीक्षार्थीमध्ये ३३ जनाको नतिजा स्थगित भएको कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागार्इंले जानकारी दिए ।
त्यसैगरी एक्जाम्टेडतर्प कुल एक हजार ९४ जना परीक्षामा सहभागी भएकामा तीन सय ३१ अर्थात् ३० दशमलव ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा प्रथम श्रेणीमा १०, द्वितीय श्रेणीमा तीन सय र तृतीय श्रेणीमा २१ विद्यार्थी उत्तीर्ण भएका सहायक जिल्ला शिक्षा अधिकारी चापागार्इंले जानकारी दिए ।
दृष्टिविहीन र सुस्तश्रवण विद्यार्थी, शत्प्रतिशत
कास्कीबाट एसएलसी परीक्षा ०७१ मा सहभागी सुस्तश्रवण र दृष्टिविहीन विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा १२ सुस्तश्रवण र १० दृष्टिविहीन सहभागी भएकामा शतप्रतिशत उतिर्ण भएका सम्बन्धित विद्यालयले जनाएका छन् ।
लेखनाथस्थित सृजना बहिरा उच्चमाविबाट सहभागीमध्ये चार प्रथम र आठ जना द्वितीय श्रेणीमा उत्तीर्ण, अम्मरसिंह नमुना उच्च माविबाट आठ दृष्टिविहीन विद्यार्थी सहभागीमध्ये सात प्रथम र द्वितिय श्रेणीमा एक छात्रा उत्तीर्ण भएका छन् । जनप्रकाश उच्च माविबाट दुई दृष्टिविहीन छात्र सहभागी भएकोमा दुवै जना प्रथम श्रेणीमा पास भएका छन् ।
इलाममा सात विद्यालयको नतिजा शून्य
०७१ सालको प्रवेशिका (एसएलसी) मा ३९ दशमलव पाँच प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्ला शिक्षा कार्यालय इलामका अनुसार नियमिततर्पm तीन हजार सात सय ७५ परीक्षार्थीमध्ये एक हजार चार सय ७२ जना उत्तीर्ण भएका छन् । जसमध्ये ६९ विशिष्ट श्रेणी, ६ सय १० प्रथम, सात सय ६० द्वितीय र ३३ विद्यार्थी तृतीय श्रेणीमा उत्तीर्ण भएको जिशिकाले जनाएको छ ।
उत्तीर्णमा सामुदायिकतर्पm चार विशिष्ट श्रेणी, एक सय ७३ प्रथम, ६ सय १२ द्वितीय र ३२ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय परीक्षा फाँटका अम्बिका खनालले जानकारी दिए । संस्थागततर्प ६५ विशिष्ट श्रेणी, चार सय ३७ प्रथम, एक सय ४४ द्वितीय र एक तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । संस्थागततर्पm ६ सय ४७ (८२ प्रतिशत) र सामुदायिक विद्यालयबाट आठ सय २१ (२७ दशमलव ७१ प्रतिशत) परिक्षार्थी उत्तीर्ण भएको कार्यालयले जनाएको छ ।
इलाममा यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको उत्तीर्ण प्रतिशत झन्डै १६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष इलामको प्रवेशिका उत्तीर्ण प्रतिशत २३ दशमलव ७५ मात्र थियो ।
यता जिल्लाका विभिन्न ३० केन्द्रमार्पत परीक्षामा सहभागी भएकामध्ये सात वटा सामुदायिक विद्यालय शून्य प्रतिशत भएको छ । शिक्षा कार्यालयका निर्मल ढुंगेलका अनुसार एक जना पनि विद्यार्थी उत्तीर्ण गराउन नसक्ने विद्यालयमा जनता उमावि चिसापानी, प्रवोध मावि माबु, समाल्बुङ मावि समाल्बुङ, युवावर्ष मावि दानाबारी, विद्या सिर्जनात्मक मावि बाँझो, कृष्ण मावि लक्ष्मीपुर र शिवमाई मावि नयाँबजार रहेका छन् ।
रुपन्देहीमा उत्तिर्ण प्रतिशत बढ्यो
यसैगरीे शान्ति नमुना उच्च मावि मणिग्रामबाट एक सय ५८ जना उत्तीर्ण भएका छन् । सो विद्यालयका तीन जना दृष्टिविहीनले परीक्षा दिएकोमा तिनै जना प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यायका शिक्षक कृष्ण केसीले जनाए । सोही विद्यालयकी भावना अर्यालले ९३ दशमलव नौ प्रतिशत अंक प्राप्त गरेकी छन् । विद्यालयले दाबी गरेअनुसार सामुदायिक विद्यालयतर्प अर्याल नेपालमै प्रथम छात्रा हुने आँकलन गरिएको छ । शान्तिका ४९ विशिष्ट, ९१ प्रथम, १८ जना द्वितीय श्रेणीमा उत्तिर्ण भएको शिक्षक केसीले जनाए ।
रुपन्देहीमा यस वर्ष एसएलसी उत्तीर्ण हुने संख्यामा दुई प्रतिशतले वृद्धी भएको हो । गत वर्ष ५७ प्रतिशत विद्यार्थी एसएलसी उत्तीर्ण भएकामा यस वर्ष ५९ दशमलव ४२ प्रतिशत उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले दिएको जानकारी अनुसार १३ हजार ५८ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएकामा विशिष्ट श्रेणीमा एक हजार एक सय ८८, प्रथम श्रेणीमा चार हजार चार सय ९९, द्वितीय श्रेणीमा दुई हजार २९, तृतीय श्रेणीमा ४३ जना उत्तीर्ण भएका छन् ।
शिक्षा कार्यलयका उपसचिव टीकाराम अर्यालका अनुसार एक हजार सात सय चार जना इक्जाम्टेडतर्पको परीक्षामा सहभागी भएका थिए । जसमध्ये तीन सय २८ जना मात्रै उत्तीर्ण भएका छन् ।
रुपन्देहीमा बाल बहिरा उच्च मावि, सिद्धार्थनगर भैरहवाले शतप्रतिशत रिजल्ट निकालेको छ । उच्च माविका प्राचार्य खगराज पाण्डेले दिएको जानकारी अनुसार आठ जना बहिरा विद्यार्थीले परीक्षा दिएकोमा चार प्रथम र चार द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
यता संस्थागत विद्यालयको उत्तीर्ण प्रतिशत गत वर्षभन्दा सुधारिएको प्याब्सन रुपन्देहीले जनाएको छ । प्याब्सनका अध्यक्ष सुदीप केसीले दिएको जानकारी अनुसार गत वर्षभन्दा प्रवेशिकामा उत्तीर्ण प्रतिशत बढेको छ तर अभैm कति प्रतिशत उत्तीर्ण भए भन्ने एकिन तथ्यांक आउन सकेको छैन ।
भैरहवा क्षेत्रका संस्थागत विद्यालयका भने ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताइएको छ ।
सुर्खेतमा २६ प्रतिशत मात्र
एसएलसी नतिजा पछिल्ला वर्षमा खस्कँदै गएको छ । यस वर्षकोे एसएलसी परीक्षामा जिल्लाभरबाट नियमिततर्पm २६ दशमलव ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्प पाँच हजार सात सय ६५ सहभागी मध्ये एक हजार पाँच सय ५३ उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्पm दुई हजार आठ ९३ परिक्षार्थी सहभागी भएकामा एक सय २८ विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्पm विशिष्ट श्रेणीमा ७३, प्रथम श्रेणीमा सात सय ११, द्वितीय श्रेणीमा सात सय ३३ र तृतीय श्रेणीमा ३६ जना विद्यार्थी उर्तीण भएका छन् । सुर्खेतमा उर्तीण हुनेको संख्या अघिल्लो वर्षको तुलनामा १७ दशमलव शून्य ७ प्रतिशतले कम हो । संस्थागत (निजी) विद्यालयको तुलनामा सामुदायिक (सरकारी) विद्यालयको नतिजा न्यून रहेको छ । जिल्लाका ३२ संस्थागत विद्यालयको कुल विद्यार्थी उतीर्ण प्रतिशत ७१ दशमलव एक रहेको छ भने सरकारी विद्यालयको १६ दशमलव ६ प्रतिशत मात्रै छ । सुर्खेतका नौ वटा सरकारी विद्यालयको नतिजा शून्य आएको छ ।
बाजुरामा नौ प्रतिशतले वृद्धि
यस वर्षको एसएलसीमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा झन्डै ३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बाजुराबाट मात्र ३० दशमलव शून्य दुई प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई हजार ६ सय ७१ विद्यार्थी सहभागी थिए । यो अघिल्लो वर्षभन्दा नौ प्रतिशतले बढी हो ।
ती मध्ये १३ विशिष्ट श्रेणी, एक सय ७२ प्रथम, पाँच सय ६५ द्वितीय र तृतीय श्रेणीमा ५२ उत्तीर्ण भएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विशिष्ट श्रेणी ल्याउने १३ मध्ये दुई सामुदायिक विद्यालयका रहेका छन् भने ११ निजी विद्यालयका विद्यार्थी हुन् ।
डोटीमा २७ दशमलव १९ अछामबाट २२ दशमलव ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताइएको छ । जुन गत वर्षभन्दा १२ दशमलव १४ प्रतिशले बढी हो । बैतडीका जिल्ला शिक्षा अधिकारी अमर भट्टका अनुसार जिल्लामा नियमिततर्प ३४ प्रतिशत उत्तीर्ण भएका छन् भने दार्चुलाबाट २१ दशमलव ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कैलालीमा नियमिततर्प १५ हजार पाँच सय परिक्षार्थी मध्ये पाँच हजार एक अथवा ३३ दशमलव २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जुन अघिल्लो वर्षभन्दा झन्डै दुई प्रतिशतले बढी हो । त्यस्तै
कञ्चनपुरमा सात हजार सात सय ६३ विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएकामा दुई हजार चार सय ६८ अथवा ३१ दशमलव ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । समग्र सुदूरपश्चिममा नतिजा अघिल्लो वर्षभन्दा सुधार भएको बताइएको छ ।
प्रतिक्रिया